सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – नमस्ते ब्याण्ड नेपाल-जापानले आफ्नो स्थापनाको ३० औं वर्ष प्रवेश गरेको अवसरमा विशेष सांगीतिक कार्यक्रम ‘नमस्ते लाइभ ईन टोकियो’ गर्ने भएको छ । ब्याण्डले स्थापनाको ३० औं वर्ष प्रवेश तथा नेपाली नयाँ वर्षको अवसरमा आउँदो अप्रिल १५ तारिक आइतबारका दिन विशेष सांगीतिक कार्यक्रम गर्ने भएको हो ।

ब्याण्डका संयोजक ईश्वर गुरुङका अनुसार जापानका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएको नेपाली समुदायको सहभागितामा कार्यक्रम गर्न लागिएको छ । कार्यक्रममा विभिन्न सांगीतिक समूह र कलाकारहरुको प्रस्तृती रहने छ भने कार्यक्रमको छायाङकन गरी नेपाल टेलिभिजन र जापानको एन एच के टेलिभिजनमा प्रसारण समेत गरिने छ ।

विभिन्न गीत–संगीत, कार्यक्रम र पुरस्कारले देश विदेशमा नाम कमाउन सफल ब्याण्डले सांगीतिक महोत्सव पनि गर्दै आएको छ । ब्याण्डले काठमाडौं र पोखरामा हुने महाशिवरात्री विश्व संगीत महोत्सवलाई हरेक वर्ष निरन्तरता दिने घोषणा गरेको छ । यस्तै द्धन्दको कारण बाट बन्द रहेको नमस्ते कल्चर स्टुडियो पुनः आफ्नै भवन, उच्च प्रविधि र दक्ष कलाकारद्वरा नमस्ते सांगीतिक प्रतिष्ठान संञ्चालनमा आउन लागेको ब्याण्डका संयोजक गुरुङले जानकारी दिनुभयो ।

साथै उहाँले स्थापनाको ३० औं वर्ष प्रवेश तथा नयाँ वर्षको अवसरमा आयोजना हुने विशेष सांगीतिक कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह गर्नुभएको छ । उक्त कार्यक्रमबाट संकलन भएको रकम नमस्ते सांगीतिक प्रतिष्ठानको स्थापना र नेपाली संगीत, भाषा तथा पर्यटन प्रवर्धनमा खर्चिने आयोजकको भनाई छ । कार्यक्रम यूनिर्भसल सिटी, खाबुकीचों, सिन्जुकुमा हुनेछ ।

तपाईको प्रतिक्रिया