Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – प्रायः मानिसले खाने शैलीमा त्यति ध्यान दिएको पाइँदैन । तर, खाने व्यवहारले नै मानिसलाई रोग लाग्ने वा नलाग्ने कुरामा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । अस्वस्थकर खानाले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । त्यसैले खानाको गुणस्तर, मात्रा र समयमा विशेष ध्यान पुर्याउन जरुरी हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हाम्रो तौल र उचाइअनुसार खानाको मात्रा निर्धारण गर्नुपर्ने हुन्छ । सामान्यतया महिलाका लागि १६ सयदेखि दुई हजारसम्म क्यालोरी आवश्यक हुन्छ । र, पुरुषले १८ देखि २४ सयसम्म क्यालोरी लिनुपर्छ ।

दैनिक भोजनमा हरियो सागपात, गेडागुडी, फलफूल र पहेँलो खानेकुराको मात्रा सन्तुलित ढंगले लिन आवश्यक हुन्छ ।

बिहान उठ्नेबित्तिकै खाली पेटमा मनतातो पानी पिउनुलाई स्वस्थकर मानिन्छ । तर, एकैपटकमा ठूलो मात्रामा पानी पिउनुहुँदैन । यसो गर्दा मिर्गौलामा असर पु¥याउन सक्छ ।

वृन्दा गुरुङ, फुड एन्ड न्युट्रिसियन

दिनमा एकैपटक ठूलो मात्रामा खानुलाई पनि राम्रो मानिदैन । बरु थोरैथोरै ४–५ पटक खानुलाई स्वास्थ्यका दृष्टिले उत्तम मानिन्छ । तर, खाने अवधिलाई लामो पनि बनाउनु हुँदैन । लामो समयसम्म नखाँदा ग्यास्ट्रिक तथा पेटसम्बन्धी अन्य समस्या निम्तिन्छ ।

पेट टम्म हुने गरी पनि खानुहुँदैन । रातको समयमा यसरी खाँदा अपच, मोटोपनलगायतका समस्या हुन्छ । माछा वा मासु खाँदा ३ देखि ५ टुक्रा मात्र खानु राम्रो हुन्छ । रातो मासु खानुहुँदैन र हप्तामा बढीमा एकपटक मात्र मासु खानु राम्रो हुन्छ ।

मानव शरीरलाई दैनिक डेढदेखि दुई लिटरसम्म पानीको आवश्यक हुन्छ । यदि शरीरमा पानीको अभाव भएमा बेहोस हुने, खुट्टा फर्कने, थकाइ लाग्ने, टाउको दुख्ने, झर्को लाग्नेजस्ता समस्या देखा
पर्न थाल्छन् ।

तपाईको प्रतिक्रिया