Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – सरकारले थप नौ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्ने तयारी गरेको छ । रौतहट, बारा, पर्सा, बझाङ, बाजुरा, सिरहा, कालिकोट, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गर्ने तयारी गरिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।

हालसम्म ३० जिल्लामा बीमा कार्यक्रम लागु गरेको सरकारले आगामी असार सम्ममा थप ९ जिल्लामा कार्यक्रम बिस्तारको तयारी गरेको बोर्डका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले बताउनुभयो ।  सबै जिल्लाका गरी हालसम्म सदस्यता लिनेको संख्या ५ लाख ९१ हजार ५ सय १५ जना पुगेको बोर्डले जनाएको छ । जसमध्ये सदस्यता लिनेको संख्या चितवनमा सबै भन्दा धेरै १० लाख ९ हजार ६ सय ८४ छन् ।

उपचार सेवा लिनेको संख्या भने सबै भन्दा धेरै कास्कीमा छ । त्यहाँ ६० हजार ४ सय ९० जनाले सेवा लिइसकेको बोर्डको तथ्याङ्क छ । स्वास्थ्यमा सबैको पहुँच बढाउने उद्देश्यका साथ सरकारले २०७२ साल चैत २५ गते स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । सेवा लिनका लागि नागरिकले जिल्लास्थित सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिमा सदस्य बन्नुपर्ने प्रावधान छ ।

तपाईको प्रतिक्रिया