Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्ब रुपैंयाँ घोटाला गरेको आरोपमा थप तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सजल बज्राचार्य, प्रमोद भट्टराई र कृवेन्द्र श्रेष्ठ छन् ।

उनीहरु तत्कालिन एपेक्स बैंकका विभिन्न शाखामा कर्जा सुपरीवेक्षक र कर्जा अधिकृतको रुपमा कार्यरत रहेको एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । यो संगै बैंक घोटालामा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । यसअघि सीआईबीले एपेक्सका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित १४ जनालाई पक्राउ गरिसकेको छ ।

उनीहरुकै बयानका आधारमा थप व्यक्तिहरु पक्राउ परेको सीआईबीले जनाएको छ । एनसीसी बैंकसंगको मर्जर प्रक्रिया सुरु भएपछि पनि एपेक्सले अनियमित प्रक्रियाबाट ऋण प्रवाह गरेको, ऋण प्रवाह गर्दा धितो मुल्यांकन बढी गरेको, कालो सूचिमा रहेका ऋणीलाई ऋण दिएको लगायतका उजुरी परेपछि सीआईबीले अनुसन्धान सुरु गरेको हो । उनीहरुविरुद्ध उच्च अदालत पाटनमा बैंकिङ कसुर मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको एसपी श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया