Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – करोडौं प्रयोगकर्ताको निजी सूचना अनधिकृत रूपमा संकलन गरेको आशंकामा अनुसन्धान शुरु भएपछि सामाजिक सञ्जाल फेसबुकको शेयरमा भारी गिरावट आएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सोमबार अमेरिकी शेयर बजारमा  फेसबुकको शेयरमा ८ प्रतिशतसम्म गिरावट आएको बीबीसीले जनाएको छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका क्रममा ‘केम्ब्रिज एनालिटिका’ नामक फर्मका पूर्वकर्मचारीले करिब ५ करोड फेसबुक प्रयोगकर्ताको विस्तृत विवरण अनधिकृत रुपमा संकलन गरेको पाइएपछि अनुसन्धान सुरु भएको हो ।

यसअघि  अमेरिकाको म्यासाच्युसेट्सका महान्यायाधिवक्ता माउरा हेलीले फेसबुक र केम्ब्रिज एनालिटिकामाथि अनुसन्धान सुरु भएको बताउनुभएको थियो । हेलीले फेसबुक र केम्ब्रिजले यो घटनाबारे जवाफ दिनुपर्ने बताउनुभएको छ । तर  फेसबुक र एनालिटिका दुवैले भने आफूहरूले कुनै गल्ती नगरेको दाबी गरेका छन् ।

आलोचकहरूले फेसबुकमाथि नियमन जरुरी रहेको बताएका छन् । उनीहरूले फेसबुक लगायतका सामाजिक सञ्जालमा भएका प्रयोगकर्ताका तथ्यांकहरू कहाँ, कसले र किन प्रयोग गर्छन् भन्ने नियमनका लागि कानुनी व्यवस्थाको माग समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया