Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

प्रोस्टेट क्यान्सर मानिसका लागि निकै खतरनाक हुन्छ । पछिल्लो समय यस्ता बिरामीको संख्या बढ्दो छ । प्रोस्टेट एक किसिमको ग्रन्थि हो । यस्तो ग्रन्थि पिसाबथैलीको ठीक तल हुन्छ । यसलाई प्रजनन ग्रन्थि वा पुरुष ग्रन्थि पनि भनिन्छ । यसले तरल पदार्थको निर्माण गर्ने काम गर्छ, जसले विर्यलाई हुर्काउन मद्दत गर्छ । यस्तो क्यान्सरले निसन्तान, विर्य नष्ट, शारीरिक सम्पर्कमा समस्यालगायत हुने गर्छ । यी हुन् प्रोस्टेट क्यान्सरका लक्षण :

दीपक रौनियार, युरोलोजिस्ट

छोटो–छोटो समयमा पिसाब लाग्ने ।
पिसाबको धारा मसिनो हुने र छरिएर जाने ।
अत्यधिक पिसाब लागेको महसुस हुने तर कम मात्र जाने ।
पिसाब गर्ने वेला अड्किरहने वा समय लाग्ने, बल गरेर पिसाब गर्नुपर्ने ।
छोटो समय पनि पिसाब रोक्न नसकिने, पिसाब फेरिसकेपछि पनि बाँकी रहेजस्तो अनुभव हुने ।
पिसाब गर्नुअघि र पछि नाइटोवरिपरि दुख्ने, कहिलेकाहीँ नाभीदेखि अण्डकोषसम्म दुखाइको अनुभूति हुने ।
त्यस्तै, कहिलेकाहीँ अण्डकोषदेखि मलद्वारसम्म दुख्ने, पिसाब नराम्रो गन्ध आउने ।
पिसाबमा रगत देखा पर्ने
त्यस्तै, शारीरिक सम्पर्क गर्न गाह्रो हुने र सम्पर्कपछि विर्य निस्कँदा दुख्ने र पोल्ने ।
पुरुषको हकमा लिंगमा कडापन नहुने, विर्यमा रगत देखा पर्ने ।
सम्भोगको रुचि कम हुँदै जाने र लामो समय शारीरिक सम्पर्कका लागि असमर्थ हुने ।

तपाईको प्रतिक्रिया