Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाल क्रेडिट एन्ड कमर्श बैंक लिमिटेड (एनसीसी)को केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले छापा मारेको छ ।

बैंकको बोर्ड बैठक चलिरहेका बेला सीआईबीको टोलीले छापामा मारेको हो । सीआईबीका प्रमुख डीआईजी पुष्कर कार्कीले छापा मारिएकोबारे पुष्टि गर्दै विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिनुभयो । सीबीआईका प्रमुख कार्कीका अनुसार कर्जा प्रवाहमा अनियमितता गरेको आरोपमा शुक्रबार बिहान १४ जना कर्मचारीहरुलाई पक्राउ गरिएको हो । कर्मचारीहरुले गरेका अनियमितताबारे थप अध्ययन भइरहेको उहाँको भनाई छ । एनसीसी बैंक र अन्य वित्तीय संस्थाहरु एक आपसमा मर्ज हुने क्रममा पनि घोटला भएको आशंका गरिएको छ ।

सीआईबीले छापा मारेर एनसीसी बैंकका १४ जना भन्दा धेरै अधिकारीलाई नियन्त्रणमा लिएको छ । एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक, एपेक्स डेभलपेमन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेसनल डेभलपमेन्ट बैंक आपसमा गाभिएका थिए । मर्जका क्रममा आर्थिक अनियमितता भएको आशंका छ । यसबाहेक कतिपय कर्जा प्रवाहमा पनि चलखेल भएको सीबीआईको आशंका छ । एनसीसी बैंकमा मर्ज भएको एपेक्स डेभलपमेन्टले नक्कली ऋणी खडा गरेर २ अर्ब रुपैयाँ भन्दा धेरेको ऋण जारी गरेको प्रकरणमा सीआईबीले छापामा हानेको हो ।

तपाईको प्रतिक्रिया