Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ शोरुम ‘क्रस बोडर प्रा.लि’ दाङको तुलसीपुरमा संचालन गरेको छ । प्रालिले आफ्नो सेवालाई विस्तार गर्दै आजबाट तुलसीपुरमा शोरुम संचालनमा ल्याएको हो ।

शोरुमको हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका जेनेरल म्यानेजर योगेन गुरुङले उद्घाटन गर्नुभयो । प्राइभेट लिमिटेड आफ्ना ग्राहकहरुका लागि खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने र विश्वास गरिएको अटोमोबाइल ब्राण्डमध्ये हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेड बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो ।

तपाईको प्रतिक्रिया