Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – मापदण्ड विपरित बालुवा प्रशोधन मेसिन र क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासनले ती उद्योगको विद्युत् लाइन काटिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीको नेतृत्वमा गएको टोलीले सरकारले निर्धारण गरेको मापदण्ड विपरित प्रारम्भीक वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरी बालुवा उत्खनन र प्रशोधन गर्ने गरेको देखिएपछि ती उद्योगको विद्युत् लाइन काटिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पृथ्वीराजमार्गको २५ मिटर क्षेत्रभित्र सञ्चालित तथा मापदण्ड नपुगेका उद्योगले नदी धमिलो हुनेगरी प्रदूषण गराएको, धुलो धुवाँले गाउँवेँसी तथा बजारवासीलाई स्वास्थ्यमा समेत प्रतिकूल असर पुर्याएकाले त्यस्ता उद्योगलाई वैधानिक बाटोमा ल्याउन कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । टोलीले मापदण्ड विपरित राजमार्ग आसपास क्षेत्रमा सञ्चालित ६३ वटा बालुवा प्रशोधन मेसिनमा जोडिएको बत्तीको लाइन काटिएको छ भने २९ वटा क्रसर उद्योगको विद्युत् लाइन पनि काटिएको छ ।

आठवटा ट्रान्सफरमरबाट जोडिएका क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन गर्दै आएकाले यस्ता उद्योगको लाइन पनि काटिएको हो । कर छलेर उद्योग सञ्चालन गर्ने, अत्याधिक रुपमा खानीबाट बालुवा तथा अन्य खानीजन्य सामग्री उत्खनन गर्ने, त्रिुशूली नदीमा ठूला मेसिनको प्रयोगले उत्खनन गर्ने गरिएको तथा सरकारले तोकेको मापदण्ड विपरित सञ्चालित उद्योगलाई कारबाही शुरु गरिएको जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया