Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – लागुऔषध दुर्व्यसन युवापुस्तामा ठूलो समस्याका रूपमा देखिन थालेको छ । देखासिकी र अन्य कारणले मानिस लागुऔषधको सिकार हुने गरेको पाइन्छ । नेपालमा गाँजादेखि कोकिन, हिरोइन, ब्राउन सुगरसम्म प्रयोग गर्ने छन् । नेपालमा कैदीको संख्याले यसको भयावह अवस्थाबारे इंगित गर्छ । कारागारमा रहेका कैदीमध्ये ३० देखि ४० प्रतिशत लागुऔषधको मुद्दामा सजाय भएको तथ्यांकले देखाउँछ । त्यसैले अभिभावकले यसबारे विशेष ध्यान दिनुपर्ने देखिन्छ :

         दीपक चापागाईं रिचमन्ड फेलोसिप

कसरी थाहा पाउने ?
लागुऔषधले मानिसलाई एग्रेसिभ बनाउँछ । कुनै ड्रग्सले भने शान्त बनाउने पनि काम गर्छ ।

यसको प्रयोगले मानिसको व्यवहारमै परिवर्तन आउन थाल्छ । यस्ता मानिस परिवारका सदस्यसँग पनि झर्कने, पैसाका लागि झगडा गरिरहने व्यवहार देखाउन थाल्छन् ।

ड्रग्समा फसेकाहरूले घरका सामान चोर्ने, आफ्नो मोबाइल, घडी हरायो भन्दै बहाना बनाउने, आफूसँग भएका सामान बेच्नेजस्ता गतिविधि गर्न पनि पछि पर्दैनन् ।

कुलतमा फसेर जटिल अवस्थामा पुगेकाहरूले समूह बनाउने र विभिन्न आपराधिक कार्यमा संलग्न हुने गर्छन् ।

असर
लागुऔषधको सेवनले सामाजिक, आर्थिक र मानसिक रूपमा असर पु¥याउँछ । विभिन्न खाले संक्रमण लाग्नुका साथै बिस्तारै गम्भीर रोग पनि देखा पर्न थाल्छ । यसले मानिसलाई डिप्रेसनको सिकार पनि बनाउन सक्छ ।

के गर्ने ?
ड्रग्सको नशामा फस्नु भनेको रोग हो । त्यसैले उपचार गरेमा ड्रग्सबाट छुटाउन पनि सकिन्छ । यसका लागि सबैभन्दा ठूलो कुरा परामर्श हो ।

व्यक्ति आफूले आफैँलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । अरूको दबाबमा भने नशा छाड्ने गर्नुहुँदैन ।

सन्तानको कमजोरीलाई अरूसँग तुलना गर्नुहुँदैन । यसो गर्दा उनीहरूमा आत्मविश्वासमा कमी आउन सक्छ । जसका कारण उनीहरू झन् कुलतमा फस्न सक्छन् ।

सन्तानलाई खराब साथीसंगतबाट छुटाउनुपर्छ । सकेसम्म सन्तानलाई नयाँ वातावरण दिनुपर्छ ।

कुलतमा फसेका छोराछोरीलाई अभिभावकले बढीभन्दा बढी समय दिनुपर्छ । भर्खरै सुरुवात गर्न लागेकाहरूलाई सम्झाएर, बुझाएर पनि सुधार गर्न सकिन्छ ।

ड्रग्सका विभिन्न स्टेप हुन्छन् । दोस्रो–तेस्रो चरणमा पुगेका मानिसलाई सुधार केन्द्रमै पु¥याउनुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया