Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – प्रधानमन्त्री कार्यालयले कैलालीकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका दोषीलाई कारबाही गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री कार्यालयले घटनाको यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

यस्तै, प्रधानमन्त्री कार्यालयले राधा चौधरीको उपचार खर्च व्यहार्ने र थप उपचारको व्यवस्था गर्ने जनाएको छ । यसअघि फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिकाकी राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाट अाज जारी विज्ञप्तिमा लेखिएको छ, ‘कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको छ ।’

‘हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थप उपचारका लागि उपयुक्त व्यवस्था गर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न सम्बन्धित निकाय अग्रसर भैसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

कैलालीमा बोक्सी आरोपमा २० वर्षीया युवतीलाई यातना दिइएको, दोषीलाई घोडाघोडी नगरपालिकाका प्रमुखले नै उन्मुत्ति दिन खोजेको अवस्थामा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै प्रतिक्रिया नदिएको भन्दै आलोचना हुन थालेको अवस्थामा प्रधानमन्त्रीको सचिवालयबाट प्रेस नोट जारी भएको हो ।

तपाईको प्रतिक्रिया