Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालका दुई डाक्टरलाई कारबाही गरेको छ । काउन्सिलको इथिकल कमिटीले गरेको छानबिनका क्रममा देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा दाहिने घुँडाको शल्यक्रिया गरेको फेला पारेपछि डा प्रवीण नेपाल र डा शैलज रञ्जितकारलाई एक महिना निलम्बन गरेको हो ।

काउन्सिलको यो निर्णयपछि दुबै डाक्टरले एक महिनासम्म चिकित्सकीय अभ्यास गर्न पाउने छैनन् । काउन्सिल स्रोतका अनुसार छानबिनका क्रममा दुबै डाक्टर दोषी देखिएकाले निलम्बनको निर्णय भएको हो । काउन्सिलले छानबिनका क्रममा दुबै डाक्टरलाई छलफलका लागि बोलाएको थियो । छलफलका क्रममा डाक्टरले काउन्सिललाई दाहिने घुँडाकै शल्यक्रिया गर्नुपर्ने भएर गरेको भन्दै ढाँटेका थिए ।

तर, काउन्सिलले बिरामी पक्षसँग भएको सहमति, बिरामीको मेडिकल रिपोर्ट लगायतका अन्य विविध विषयमा अनुसन्धान गरेको थियो । चितवनकी बिन्दु पौडेलको लिगामेन्ट च्यातिएको देब्रे घुँडाको शल्यक्रिया गर्नुपर्नेमा भुलवश दाहिने घुँडाको शल्यक्रिया गरिएको भन्दै शल्यक्रियामा संलग्न डा प्रवीण नेपाल र डा शैलेज रञ्जितकारले परिवाससँग गल्ती स्वीकार गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया