Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

धनगढी – जिल्ला कारागारमा थुनामा रहेका कैलाली निर्वाचन क्षेत्र नम्बर १ का सांसद रेशमलाल चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ। टीकापुर घटनाको मुख्य अभियुक्तका रुपमा थुनामा रहेका चौधरी फागुन २० देखि जेलभित्रै अनशनमा बसेका हुन् ।

पाँच दिनदेखि अनशनमा बसेका चौधरीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि उहाँलाई अहिले सेती अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको छ । रेशमसहित थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्तले जेलभित्रै अनशन थालेका हुन् ।

उनीसँगै अनशन सबेका विश्राम चौधरीलाई बिहीबार राति नै अस्पताल लगिएको थियो । आफूहरुलाई रिहा गर्नुपर्ने, सांसद चौधरीलाई प्रमाणपत्र र सपथ ग्रहणको व्यवस्था गर्नुपर्ने लगायत ३ बुँदे माग राखेर उनीहरुले अनशन थालेका हुन् ।

तपाईको प्रतिक्रिया