सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो–जापानका प्रधानमन्त्री सिन्जो आबेले संसदमा पेश भएको आर्थिक नीति सम्बन्धी विधेयकमा प्रयोग भएको तथ्यांक गलत रहेको पाइएपछि संसद समक्ष माफी मागेका छन् ।
प्रधानमन्त्री आबे नेतृत्वको सरकारले एसियाको ‘इकानोमिक्स पावरहाउस’का लागि पुनः आफ्नो धारमा ल्यैजानका लागि महत्वपूर्ण रणनीतिका रुपमा मानिएको सो विधेयकमा कर्मचारीको कमजोरीका कारण गलत तथ्यांक उल्लेख भई संसदमा आवाज उठेपछि त्यसलाई सच्याउने प्रतिवद्धता व्यक्त गर्दै संसदको बैठकमा माफी मागेका हुन् ।
सो विधेयकमा ‘विवेकाधिन कार्य प्रणाली’को विस्तार गरिएको थियो । कर्मचारीहरुले निश्चित समय ओभरटाइम काम गर्ने र लामो समय काम गरेर त्यसबाट लाभ लिनका लागि उत्प्रेरित गर्दै यसको यथार्थ जानकारी राख्न प्रयास गरिने उल्लेख गरिएको छ । साथै विश्वको तेस्रो शक्तिशाली अर्थतन्त्र भएको मुलुकमा उत्पादकता बढाउनका लागि यो प्रयास महत्वपूर्ण हिस्साको रुपमा हुने पनि बताएइको थियो । यसमा उल्लेख गरिएको तथ्यांक फरक परेपछि आबेले यो विधेयकलाई केहि पछि सार्न लागेको एफपीको समाचारमा जनाइएको छ ।
विपक्षी सांसद तथा युनियनहरुले यस विधेयकको चर्को विरोध गर्दै कामको ओभरटाइमको निश्चित सिमाको बावजुद कामको क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने आवाज उठाएका थिए । प्रधानमन्त्री आबेले विधेयकको समर्थनमा आफ्नो तर्क राख्ने क्रममा श्रम मन्त्रायलको हवला दिदै विवेकाधिन कार्य प्रणालीको लागि ती व्यक्तिहरुले गरेको कामको घण्टा देखाइएको थियो जुन सामान्य काम गर्ने परिस्थितिका कर्मचारीको तुलनामा कम रहेको तथ्यांक देखाइएको थियो ।
जापानी सञ्चारमाध्यमहरुले जनाए अनुसार प्रतिदिन ४५ घण्टाको ओभरटाइम देखाइएको तथ्यांक गलत रहेको आरोप विपक्षीहरुले लगाएका थिए । यहाँका सञ्चार माध्यमहरुले यस समाचारलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा राखेका थिए ।

तपाईको प्रतिक्रिया