सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो – थकाली सेवा समिति जापानको अध्यक्षमा पुनः बुद्धि गौचन सर्बसम्मत चयन भएका छन् । गौचनले तेस्रोचोटी समाजको नेतृत्व सम्हालने जिम्मेवारी पाएका हुन् ।

गत आइतवार फागुपूर्णिमा अर्थात तोरन्ल्हको अवसरमा आयोजित अधिवेशनबाट एक वरिष्ठ उपाध्यक्ष अनिल भट्टचनसहित ४ जना उपाध्यक्षहरु मनोनित भएका छन भने महासचिव, प्रवक्ता र महिला सदस्यहरु पुरानै अनुहारका छन । सदस्यहरु भने केही नयाँ अनुहार थपिएको सो समाजले जनाएको छ ।

अधिवेशन समारोहमा अघिल्लो हप्ता भएको थकाली जातिको पुर्ख्यौली खेल धनुषवाण (आर्चरी) प्रतियोगिताका विजेता शेरचन टिमलाई नेपाल आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष पासाङ शेर्पाले सम्मानपत्र तथा ट्रफी हस्तान्तरण गरेका थिए । प्रतियोगितामा थकाली जातिका शेरचन, गौचन, तुलाचन र भट्टचन गरी चार समुहले भाग लिएका थिए । उक्त प्रतियोगितामा प्रायोजन सहयोग गरे वापत सो अवसरमा व्यवसायी विजय थकालीलाई सम्मान गरिएको थियो ।

विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बिशेष उपस्थिति रहेको सो अधिवेशन समारोहमा कलाकारहरुले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । ***

तपाईको प्रतिक्रिया