सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो–जापानको प्रख्यात चेइन इचिरान रामेन कम्पनीले विदेशी विद्यार्थीहरुलाई अवैधानिक रुपमा काममा लगाउने गरेको आरोप प्रहरीले लगाएको छ ।
फुकुओकामा मुख्य कार्यालय रहेको इचिरानको ओसाकामा रहेका स्टोरहरुमा अनुसन्धान गर्दा अध्यागमनको नियमलाई उलङ्घन गरि विदेशी विद्यार्थीहरुलाई अवैधानिक रुपमा काममा लगाउने गरेको पाइएको प्रहरीलाई उदृत गर्दै जापान टुडेको अनलाइन संस्करणमा उल्लेख छ ।
प्रहरीले अनुसन्धानका क्रममा सो कम्पनीले धेरै कामदारहरु राखेको, विदेशी विद्यार्थीहरुलाई बढि ज्यालादर दिने र अवैधानिक रुपमा काममा लगाउने गरेको पाइएको थियो । गत नोभेम्बरमा पनि प्रहरीले सोही कम्पनीबाट तोकिएको घण्टाभन्दा बढि काम गरेको अभियोगमा भियतनामी महिला कामदारहरुलाई पक्राउ गरेको थियो । यस घटनापछि प्रहरीले सो कम्पनीको मुख्य कार्यालय र विभिन्न शाखाहरुमा निगरानी बढाएको जनाएको छ । यस कम्पनीमा यसअघि पनि यहि कारणबाट बिभिन्न समयमा विदेशी कामदार पक्राउ पर्ने गरेका छन् ।
१९९३ मा स्थापना भएको सो कम्पनी रामेन र पोर्क हड्डीको सुपका लागि प्रख्यात मानिन्छ । ग्राहकहरुलाई टेबलको वरिपरि राखेर व्यक्तिको स्वाद अनुसारको रामेनमा ध्यान केन्द्रित गरेर यो कम्पनी चर्चामा रहेको छ । कम्पनीको वेवसाइटका अनुसार हाल जापान तथा अमेरिका, हङकङ, ताइवान लगायत विदेशमा गरि ७० वटा स्टोरहरु संचालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया