सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

टोकियो–जापानको होक्काइदो र तोहाकुमा भारी हिमपातका कारण एक जनाको मृत्यु भएको छ भने यातायातका साधनहरु सहजरुपमा संचालन हुन नसक्दा त्यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।
२८ वर्षका सडक सेवामा कार्यरत चिहिरो त्सुत्सुइलाई होकाइदोको तोमाकोमाई शहर नजिकैको जङ्गलनजिकै मृत अवस्थामा भेटेको प्रहरीलाइ उदृत गर्दै एनएचकेको समाचारमा उल्लेख छ । त्सुत्सुइको मृत्युको कारण हाइपोथेरिया रहेको प्रहरीले बताएको छ । अन्य दुई जना साथीसँगै वन क्षेत्रमा कारबाट गएका त्सुत्सुइ मृत भेटिए पनि अन्य दुईजना सकुशल रहेको बताइएको छ ।
शुक्रबार २४ घण्टाको अवधिमा ५० सेन्टिमिटरसम्म हिमपात भएका कारण एक सयभन्दा बढि उडानहरु रद्ध भएका छन् भने बेलुका ५ बजेसम्म पाँचसय बढि तोहोकु, यामागाता, आकिता सिन्कान्सेन रेलसेवा संचालनमा समस्या आउँदा जनजीवन अस्तव्यस्त भएको थियो ।

तपाईको प्रतिक्रिया