सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024
बागलुंग- रोजगारी तथा अध्ययनका लागि जापानमा रहेका गलकाेटेहरुले गलकोट नगरपालिका वडा नं ५ कौलेनीका स्वर्गीय थम्मन बहादुर थापाकाे परिवारलाई  राहत रकम हस्तान्तरण गरेका छन ।
गलकोट नगरपालिका वडा नं ५ हरिचौर कौलेनी घर भइ हाल जापानमा कार्यरत देवेन्द्रबहादुर थापा, हिमाल कडेल, पृथ्वी खत्री , छमबहादुर खत्री लगायतको सक्रियतामा संकलित रु ५ लाख ४ हजार ५ सय ४८ रूपैयाँ स्वर्गीय थापाको १३अौ दिनको दिन अाज परिवारलाई हस्तान्तरण गरिएको हाे । राहत हस्तान्तरण गर्दै प्याराडाइज टुर एण्ड ट्राभल्स बालाजु काठमाडौका सञ्चालक समाजेवी चन्द्रबहादुर खत्रीले स्वर्गीय थापा इमानदार र समाजको सेवक भएको बताउनुभयो । उहाँले जापानमा कार्यरत युवाहरुले टुहुरा बालबच्चाको शिक्षा र परिवारको सहाराका लागि प्रशंसनीय कार्य गरेको बताउनुभयो । राहत रकम ग्रहण गर्दै अांशु पुछिदिने र भविष्यको सहारा वनाइदिन सहयोग गर्ने मन र हातहरुप्रति अाभार व्यक्त गर्नुभयो ।
स्वर्गीय थापाको परिवारको सहयोगार्थ अाफूहरुले जापानमा १ हप्ता अार्थिक अभियान सञ्चालन गरेको अभियान्ता हिमाल कडेलले बताउनुभयो । उहाले समाजमा दुखमा परेकाहरुलाई विगतमा पनि सहयोग गर्ने गरेको र अागामी दिनमा दुखमा पर्ने अन्य व्यक्तिलाई पनि सहयोग गर्ने बताउनुभयो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित थापाको ३ वर्षदेखि काठमाडौंको वीर अस्पतालमा उपचार हुँदै अाएको थियोे । उपचारको लागि काठमाडौ लैजाने क्रममा तनहुको दमौलीमा गत फागुन ५ गते ६० वर्षको उमेरमा निधन भएका स्वर्गीय थापाका २ श्रीमती , २ छोरा र १ छोरी रहेका छन । *** 
तपाईको प्रतिक्रिया