Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ ।

संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । मानिसको  शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्। लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन । हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको  जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ ।

हात्तीपाइले रोगको परजीवी मुक्त हुन के गर्ने ?
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गर्न लगाउने ।

हात्तीपाइले रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छर ?
हात्तीपाईले रोगबाट बच्न दुई थरि औषधिहरु प्रयोग गरिन्छ । जुन पूर्णरुपमा सुरक्षित मानिन्छ । यी औषधि  दसौं बर्षदेखि विश्वभरी प्रयोग हुँदै आइरहेका छन् । हालसम्म विश्वभर अरबौं मात्रामा  र नेपालमा पटकपटक गरी १० करोडभन्दा बढी मात्रामा यी औषधि खाइसकिएको छ । दुई थरि औषधिले हातीपाइले रोग लागिसकेकाहरुको उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ ।

हातीपाइले रोग विरुद्धको औषधि कस कसले सेवन गर्नु हुँदैन ?
दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि  सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ  रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन ।

हात्तीपाइले रोग विरुद्धको औषधि क-कसले सेवन गर्नु पर्छर ?
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न मिल्ने सबै व्यक्तिले औषधि सेवन गर्नुपर्दछ ।

हात्तीपाइले रोग विरुद्धको औषधि कसले दिन्छ र सेवन गर्नु कहाँ जानुपर्छ ?
आम औषधि सेवन कार्यक्रम लागु भएका जिल्लाहरुमा तालिम  प्राप्त स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुले तपाईंको घर नजिकैको बुथमा औषधि  खुवाँउछन् ।

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान  दिनुपर्ने केही कुराहरु छन् की ?
यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुको हातीपाइले रोग  विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको  टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी  काम गर्दैछ भन्ने बुझ्नु पर्छ ।

ती लक्षणहरु केही घण्टाभित्रमा आफैं हराएर जाने हुन्छ । केहीगरी ती लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ ।

 

तपाईको प्रतिक्रिया