काठमाडौं – रोजगारीको शिलशिलामा जापानमा रहनुभएका प्रेम सापकोटा सानुको लय, शब्द, स्वर र निर्देशनमा तयार भएको आईफोनको रुखै भेटिन बोलको गीत बजारमा आएको छ ।
भर्खरै मात्र बजारमा आएको यो गीतमा बाध्यताले विदेशीएकाहरुको पिडालाई देखाउन खोजिएको छ । विदेशीनु धेरैका लागि बाध्यता हो । घरखर्च चलाउनकै लागि विदेशीनेहरुको संख्या धेरै छ ।
घर परिवारलाई सुखी खुसी बनाउने सोच लिएर विदेशीनेहरु त्यहाँ पुगिसकेपछि कस्तो दुख कष्ट विताउन बाध्य हुन्छन् भन्ने कुरा यो गीतमा देखाउन खोजिएको छ ।
विदेशमा धन कमाएर पनि साथीलाई आईफोन पठाउन नसक्नु, बाबालाई पैसाको बिटो पठाउन नसक्नु र श्रीमतीलाई सुनका गहना पठाउन नसक्नुको पिडा देखाइएको छ ।
गीतका शब्दले वास्तविकता झल्काएको भनेर प्रतिक्रिया पनि आएका छन् । मुकुन्द न्यौपानेको गीतमा मुकुन्द र सुविना न्यौपानेको अभिनय रहेको छ । गीतको बजार व्यवस्थापन कामना डिजिटल प्रा.लीले गरेको छ ।
https://www.youtube.com/watch?v=pvIhyDDklsE&feature=youtu.be