नगरकोट – अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ ।
एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर्न लागेको हो । उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिकविद्यालय परिसरमा हुने संस्थाले जानकारी दिएको छ । सुरुवातले स्थानीय सांगीतिक समूहसहित युवाको आकर्षण चर्चित पपगायक एड्रिन प्रधानको विशेष म्युजिक कन्सर्ट गर्ने भएको हो ।
संस्थाका अध्यक्ष राजेन्द्र पुरीले असुरक्षित शारीरिक सम्बन्ध राख्ने कारण युवामा एचआइभी संक्रमण बढेकाले कण्डमको प्रयोग गर्ने बानी विकास गर्न सांगीतिक कार्यक्रममार्फत जनचेतना फैलाउन लागिएको जानकारी दिनुभयो । सांगीतिक कार्यक्रममार्फत युवालाई कण्डमबारे जनचेतना अभिवृद्धि गर्दै एचआइभी एड्स, हेपाटाइसिस जस्ता प्राणघातक संक्रमण हुन नदिने संस्थाको उद्देश्य रहेको उहाँको भनाइ थियो ।
संस्थाका निर्देशक राजेश दिदियाले एड्रिन प्रधानको कन्सर्टसँगै भक्तपुरको टौमढीदेखि दरबार क्षेत्रसम्म कण्डम ¥याली हुने जानकारी दिनुभयो । उक्त ¥यालीकै बीच निःशुल्क एचआइभी जाँच गरिने उहाँले बताउनुभयो ।
एएचएफ नेपालको आर्थिक सहयोग र राष्ट्रिय एचआइभी एड्स महासंघ नेपाल (एनएपिएन) को राष्ट्रिय सञ्जालअन्तर्गत उक्त म्युजिक कन्सर्ट हुने निर्देशक दिदियाले जानकारी दिनुभयो ।