Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडाैं – विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लािग निकै लाभदायी मानिन्छ । केराको प्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, जसलाई ‘मुसा’ नामले चिनिन्थ्यो ।

यसको वैज्ञानिक नाम ‘मुसा एकुमिनाटा’ हो । केरा त्यसै पनि खान सकिन्छ या यसलाई सलाद, जुस या सेकका रुपमा खान सकिन्छ । यो विश्वका १ सय देशमा उत्पादन हुन्छ र केराको रुख फाइबर बनाउन प्रयोग गरिन्छ भने फल वाइन बनाउन पनि प्र्रयोग गरिन्छ । कतै-कतै गहना बनाउन पनि प्रयोग गरिन्छ ।

पोषक तत्वको भण्डार
यसमा भिटामिन र खनिज प्रचुर मात्रामा पाइन्छ । यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिनका कारण अन्य फलमध्ये सबैभन्दा उत्कृष्ट फलका रुपमा मानिन्छ । यसमा पोटासियम, म्यांगानिज, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि प्रचुर रुपमा पाइन्छ । यो फाइबर र प्रोटिनको असल स्रोत पनि हो ।

स्वास्थ्यमा फाइदै-फाइदा
तौल घटाउँछ 
केरा तौल घटाउन निकै लाभदायी मानिन्छ । यसमा ९० क्यालोरीमात्र हुन्छ । प्रशस्त मात्रामा फाइबर हुने हुनाले सजिलै पच्छ । यसमा चिल्लो पदार्थ हुँदैंन । यसैले मोटोपना भएको मानिसले केरा खानु फाइदाजनक नै हुन्छ । यसले भोक लाग्ने हर्मोन पनि सिर्जना गर्ने हुनाले भोक जाग्छ ।

हड्डी मजबूत पार्छ  
फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले यसले हड्डी मजबूत पार्छ । यसले पाचनप्रणालीमा असल ब्याक्टेरिया सिर्जना गरी शरीरले खनिज र पोषक तत्व लिने क्षमतालाई मजबूत बनाउँछ । क्याल्सियमजस्ता तत्व लिने क्षमता वृद्धि गृर्छ ।

सुन्निएको निको पार्छ
केरामा ‘एन्टी इन्फ्लामेटोरी’ तत्वहरु हुन्छन् ।  यसको अर्थ के हो भने यो प्राकृतिक रुपमै सुन्निएको निको पार्छ भने आर्थराइटिस र युरिक एसिडमा लाभदायी हुन्छ । पोषक तत्व नपाएको अवस्था र वृद्ध अवस्थामा यस्ता समस्या देखिन्छ । त्यसैले दैनिक रुपमा केरा खाँदा यस्ता समस्या हट्छन् ।

तौल बढाउन पनि उपयोगी
केरा तौल बढाउन पनि उपयोगी हुन्छ । दूधसंग केरा खानाले तीब्र रुपमा तौल बढ्छ । दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनीको मात्रा उपलब्ध गराउँछ । यो सजिलै  पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५-६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ, जसले गर्दा तौल बढ्न मद्धत पुग्छ । यसले शक्ति प्राप्त हुन्छ । खेलाडीले पनि थप उर्जा प्राप्त गर्न ब्रेकका बेला केरा खाने गर्छन् ।

पायलको समस्या हटाउँछ 
यदि दिसा सजिलै नआउने समस्या या पायल्स छ भने केरा यसको सही उपचार हो । केरा सूजनाप्रतिरोधी भएका कारण पायल्सको समस्या हटाउन मद्धत गर्छ ।

कब्जियत हटाउँछ 
यसमा फाइबरको मात्रा प्रचुर हुने भएकाले दिसा सजिलै गराउँछ । यसले आन्तरिक पाचन प्रणाली पनि सुधार्छ र कोलोरेक्टल क्यान्सर हुन दिँदैंन ।

अल्सर निको पार्छ
लामो समयदेखि केरा एन्टासिड खाद्यपदार्थको रुपमा प्रयोग हुँदैं आएको छ । यसमा भएका तत्वले पेटका कोषिकाका क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैंन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ ।

मिर्गौलामा समस्या निम्तन दिँदैंन
केराले शरीरमा तरल पदार्थको सन्तुलनमा नियमितता ल्याउन मद्धत गर्ने भएकाले मिर्गौलामा समस्या निम्तन दिँदैंन । यसमा भएको एन्टीअक्सिडेन्टले मिर्गौलाले गर्ने काममा सकारात्मक असर गर्छ  र विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत गर्छ । यसका साथै केरा दृष्टि शक्तिमा फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत  भएकाले पनि मुटुका रोगीलाई फाइदा गर्छ, उच्च रक्तचाप घटाउन मद्धत गर्छ । उच्च आइरन हुने भएकाले रक्तअल्पता हुन दिँदैन । –एजेन्सी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया