Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – पछिल्ला वर्षहरूमा मधुमेहका रोगीको संख्या बढिरहेको छ । व्यस्त जीवनशैली, खानपानमा व्यवधान तथा शारीरिक गतिविधि कमजस्ता कारणले मधुमेहका रोगी बढेका छन् । लामो समयसम्म भोकै बस्ने र पाएका वेला अत्यधिक खाने बानीले पनि यो रोग धेरैलाई लागिरहेको छ । खासगरी, सहरी क्षेत्रमा बस्ने अल्छी व्यक्तिहरूलाई मधुमेहले सताएको छ । मधुमेह रोगीले के खाने, के नखाने ?

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अरुणा उप्रेती
जनस्वाथ्यविज्ञ

के खाने ?
कार्बोहाइड्रेडयुक्त खाना जस्तै : भात, आलु निकै कम खानुपर्छ । बोसो नभएको मासु खाने तर रातो मासु नखाने । ताजा सागसब्जी बन्दा, काउली, भन्टा, काँक्रो, गोलभेँडा, मुला, गाँजर, प्याज पर्याप्त मात्रामा खाने । ताजा फलफूल खाने । सकेसम्म शाकाहारी भोजन लिने । धेरै रेसादार जस्तो : गहुँ, मकै, कोदो, फापर आदि खाने ।

के नखाने ?
चिनी र चिल्लो भएका खानेकुरा जस्तै : चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई, गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यू, नौनी, बोसो, तारेको वा भुटेको खाना खानु हुँदैन । चुरोट, बिँडी, सुर्ती, तमाखु, खैनी, जर्दाजस्ता सुर्तीजन्य पदार्थ सेवन नगर्ने । बियर, रक्सीजस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने ।

कसरी बच्ने ?
रगतमा सुगर, शारीरिक तौल, रक्तचाप नियमित परीक्षण गर्ने । वर्षको एकपल्ट आँखा जाँच गर्ने । गोडा नियमित (फुटेको, घाउ, चोटपटक लागेको) जाँच गर्ने । नियमित स्वास्थ्य परीक्षण गर्ने । मधुमेहका बिरामी शारीरिक रूपमा सक्रिय हुनुपर्छ । हरेक दिन कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हल्का पसिना आउने गरी हिँड्ने बानी बसाल्ने ।

तपाईको प्रतिक्रिया