मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो–जापानमा स्थल आत्मरक्षा बलको हेलिकप्टर दुर्घटना हुदाँ एकजना चालक दलका सदस्यको मृत्यु हुनुका साथै घरमा आगलागी भएको छ ।
सोमबार राती पौने नौ बजेतिर जापानको पश्चिमी क्षेत्र सागा प्रिफेक्चरमा भएको सो दुर्घटनामा चालक दलका दुई सदस्यमध्ये एकको मृत्यु भएको र दुर्घटित हेलिकप्टरका कारण नजिकै रहेको घरमा आगलागी भएको जापानको रक्षा मन्त्रालयले जनाएको छ ।
ए.एच. ६४ अटैक हेलिकप्टर आत्मरक्षा बलको मेताबारु हवाई अड्डाबाट चार किलोमिटर टाढा सागा प्रिफेक्चरको कानगाजी शहरमा दुर्घटना भएको जापान प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आगलागी भएको घरमा चार जना रहेकामा कक्षा पाँचमा पढ्ने बालिका सामान्य घाइते भएकी छन् ।
रक्षा मन्त्रालयका अनुसार सो हेलिकप्टर परिक्षणका क्रममा उडान गराइएको थियो ।

तपाईको प्रतिक्रिया