बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो – जापान सरकारले हरेक वर्ष डिसेम्बर २३ मा पर्ने सम्राट आकिहितोको जन्मोत्सवको उपलक्ष्यमा दिदैं आएको सार्बजनिक बिदा सन् २०१९ देखि कटौती गर्ने भएको छ ।

सम्राट आकिहितोले सो अगावै अर्थात सन् २०१९ को अप्रिल ३० मा स्वेच्छिक राजगद्दी त्याग गर्ने भएकोले हालसम्म हुँदै आएको सो सार्बजनिक बिदा नहुने भएको हो ।

सम्राट आकिहितो पछि राजकुमार नारुहितो सन् २०१९ मे १ देखि जापानको नयाँ सम्राट बन्ने भएका छन् । सन् २०२० देखि फेब्रुअरी २३ मा पर्ने राजकुमार नारुहिताको जन्मदिनलाई नयाँ सम्राटको जन्मोत्सवकोरुपमा सार्बजनिक बिदा दिइने जापान सरकारले घोषणा गरेको छ ।

एनएचके अनलाईनका अनुसार जापानको इतिहासमा सन् १९४८ यता अर्को वर्ष पहिलोचोटी सम्राटको जन्मोत्सवमा सार्बजनिक बिदा नहुने वर्ष साबित हुने भएको छ । ***

तपाईको प्रतिक्रिया