Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – बागमती सफाई अभियान आजबाट २ सय ४७ औँ सातामा प्रवेश गरेको छ । अभियान सुरु भएयता बागमतीबाट करीब ११ हजार टन फोहोर संकलन भइसकेको अभियन्ता राजकुमार भट्टराईले जानकारी दिनुभयो ।

आज बागमती – मनोहरा क्षेत्रको सरसफाई जारी छ ।  हालसम्म सो अभियानमा साढे १७ सय संघसंस्था र १० लाख बढी स्वयंसेवक सहभागी भइसकेको भट्टराईले बताउनुभयो । यद्यपी अझैपनि सर्वसाधारणमा चेतनाको स्तर वृद्धि नभएकाले पूर्ण रुपमा अभियानलाई सफल बनाउने चुनौती यथावत रहेको उहाँले बताउनुभयो ।

नदीमा लुकीछिपी फोहोर फाल्ने र ढल व्यवस्थापन समेत नभएकोले अभियान प्रभावित भएको भन्दै अभियन्ताहरुले गुनासो गरेका छन् । यसैबीच आज  नेपाल टेलिकम, विभिन्न स्कुल तथा कलेजका करीब १ हजार जनाले सफाई अभियानमा भाग लिएका छन् ।

तपाईको प्रतिक्रिया