Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेपाली किसानलाई मर्का पर्नेगरी भारतले अदुवा निकासीमा लगाएको अवरोध खुल्ला गरेको छ ।

भारतले विनाअवरोध अदुवा निकासी गर्न सहमति जनाएको वाणिज्य मन्त्रालयले जनाएको छ ।

अदुवाको अवरोध खुलेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताउनुभयो । नेपाली अदुवालाई प्रवेश गर्न दिने जानकारी काँकडभित्ता भन्सार कार्यालयमा पनि आइसकेको उहाँले बताउनुभयो ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आएकै दिन अवरोध खोल्ने निर्णय भएको छ । तत्कालका लागि समस्या समाधान भए पनि अदुवा निकासीको दीर्घकालिन समस्या भने बाँकी नै रहेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया