Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – डाइबिटिज अर्थात् चिनीरोग मानिसका लागि निकै हानिकारक मानिन्छ । यस्तो रोग लागिसकेपछि पूर्ण रूपमा नियन्त्रण गर्न गाह्रो छ । यसलाई घटाउन मात्र सकिन्छ । चिनीरोग लागेपछि यसको औषधि त सेवन गर्नुपर्छ नै, तर यतिले मात्र पुग्दैन ।

यस्ता बिरामीका लागि महत्वपूर्ण कुरा भनेको खानपान हो । यदि खानपानमा सचेत नभएमा चिनीरोगले ज्यानसमेत लिन सक्छ । तर, चिनीरोगीले कस्तो खाना खाने भन्नेबारे थुप्रै भ्रम पनि छन् । चिनीरोगीले के खाने, के नखाने भन्ने विषयमा तयार पारेको सामग्री :

आरएम कार्की, डाइटिसियन, डाइटथेरापी क्लिनिक

के नखाने ?
१. चिनीरोगीले कहिल्यै पनि रिफाइन गरेको चामलको भात खानु हुँदैन । किनभने, रिफाइन राइसबाट शरीरले सजिलै र छिटो कार्बोहाइड्रेड ग्रहण गर्छ । जसले गर्दा छोटो समयमै रगतमा चिनीको मात्रा बढिहाल्छ ।

२. चिनीरोगीले आलु पनि खानु हुँदैन या कम गर्नुपर्छ । आलुमा पनि बढी मात्रामा कार्बोहाइड्रेड हुने भएकाले यसले शरीरमा चिनीको मात्रालाई बढाउने काम गर्छ ।

३. कतिपयलाई लाग्न सक्छ पाउरोटी अर्थात् ह्वाइट ब्रेडले चिनीरोगीलाई कुनै असर पार्दैन । तर, यो पनि चिनीरोगीका लागि विष साबित हुन सक्छ । जुनसुकै रिफाइन प्रडक्टले शरीरमा चिनीको मात्रालाई बढाउने काम गर्छ ।

४. चिनीरोगीले कहिल्यै पनि कोल्डड्रिंक्सको प्रयोग गर्न हुँदैन । त्यस्ता पेय पदार्थमा चिनीको मात्रा अत्यधिक हुन्छ ।

५. प्रोसेस मिटबाट बनेका कुनै पनि खाद्यपदार्थको प्रयोग गर्नु हुँदैन, जस्तै– ससेज, बर्गर अदि । किनभने, त्यस्ता खाद्यपदार्थमा बढी चिल्लो पदार्थ हुन्छ । चिनीरोगीले बढी चिल्लो पदार्थको पनि प्रयोग गर्नु हुँदैन । किनभने, यसले मिर्गौला र मुटुसम्बन्धी रोगको सम्भावना अत्यधिक हुन्छ ।
के खाने ?

१. चिनीरोगीले रिफाइन राइसको सट्टामा ब्राउन राइस खानु उपयुक्त हुन्छ । किनकि, यस्तो राइसमा फाइबर बढी हुन्छ । खानापछि शरीरले बिस्तारै कार्बोहाइड्रेड ग्रहण गर्छ र रगतमा ग्लुकोजको मात्रा पनि बिस्तारै बढ्छ ।

२. आलुको सट्टामा स्विट पोटाटोको प्रयोग गर्न सक्नुहुन्छ । किनकि, यसमा चिनीको मात्रा अत्यधिक कम हुन्छ । यस्तो आलुलाई सखरखण्ड भनिन्छ । यसबाट साधारण आलुभन्दा बढी मात्रामा पौष्टिक तत्व पाइन्छ ।

३. पाउरोटी अर्थात् ह्वाइट ब्रेडको सट्टामा ‘होल विथ ब्रेड’ खान सकिन्छ । किनभने, यस्तो ब्रेड रिफाइन नगरिएको आँटाले बनाइएको हुन्छ । चिनीरोगीले मैदाबाट बनेको खाद्यपदार्थ खानु हुँदैन ।
४. कोल्डड्रिंक्स र जुसको सट्टामा हामीले फलफूल नै खानुपर्छ । तर, फलफूलको पनि अत्यधिक प्रयोग भने गर्नु हुँदैन ।

५. हामीले आँटा, फापर, कोदो, मकैको रोटी खान सकिन्छ । यसबाट बनेका जुनसुकै खाद्यपदार्थको प्रयोग गर्दा हुन्छ ।

६. कतिपय चिनीरोगीले कर्नफ्लेक्सको प्रयोग गर्छन् । यसो गर्नु हुँदैन । बरु रिफाइन नगरिएको मकैबाट बनेको खाद्यपदार्थ प्रयोग गर्नु उत्तम हुन्छ ।

७. चिनीको सट्टामा सुगर–फ्री प्रयोग गर्न सकिन्छ, जसलाई क्याकारिन, इन्टेभिया भनिन्छ । यसलाई चिया, हटलेमन वा अन्य खाद्यपदार्थमा प्रयोग गर्न सकिन्छ । यसमा चिनीको मात्रा हुँदैन तर गुलियो स्वाद भने आउँछ ।

८. चिनीरोगीले जति बढी सलाद आइटम खान सक्यो त्यति फाइदाजनक हुन्छ, जस्तै– मुला, गाँजर, साग, काँक्रा आदि ।

के रोटी खानु ठीक हो ?
चिनीरोगीले भातको सट्टामा आँटाको रोटी जति पनि खान हुन्छ भन्ने मान्यता छ । जुन गलत हो । किनकि, यसमा पनि चिनीको मात्रा हुन्छ । रोटीबाट पाइने कार्बोहाइड्रेड पनि शरीरमा गएर चिनी नै बन्ने हो । यति हो कि यसमा रिफाइन प्रडक्टमा जति चिनीको मात्रा हुँदैन ।

चिनीरोगीले डाइजेस्टिभ बिस्कुट खानुपर्छ भन्ने मान्यता छ । जुन गलत हो । यसमा फाइबरको मात्रा हुन्छ भन्ने हो । तर, यस्तो बिस्कुटले पनि त्यति नै असर गर्छ, जति साधारण बिस्कुटले गर्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया