Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको दोश्रो युनिटअन्तर्गत १५ मेगावाट विद्युत आज राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।

उत्पादन परीक्षण सम्पन्न भएसँगै आजै सो विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिनुभएको छ । पहिलो युनिटबाट उत्पादित विद्युत पनि हाल परीक्षणकै क्रममा छ । दुईवटै युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले जानकारी दिनुभयो ।

सन् २०११ मा सक्ने लक्ष्य राखी २००७ मा सुरु आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै यसको लागतसमेत बढेको छ । कुल ३० मेगावाट क्षमताको सो आयोजना ८ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएपनि समयावधी लम्बिदै जाँदा करिब १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया