काठमाडौं– ‘लक्स कामना अवार्ड २०७४’ मा ‘छक्का पञ्जा’ उत्कृष्ट फिल्म घोषित भएको छ।
मंगलबार राजधानीस्थित आर्मी अफिसर्स क्लबमा भएको अवार्ड वितरण समारोहमा छक्का पञ्जालाई उत्कृष्ट फिल्मको अवार्ड दिइयो। यस्तै अभिनेतातर्फ ‘जात्रा’बाट विपीन कार्की उत्कृष्ट बने भने सिर्जना सुब्बाले फिल्म ‘डाइङ क्यान्डल’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन्।
हेमराज बिसीले फिल्म ‘गाजलु’बाट उत्कृष्ट निर्देशक र कथाको अवार्ड जिते भने पटकथामा फिल्म ‘जात्रा’बाट प्रदीप भट्टराईले बाजी मारे।
उत्कृष्ट नवनायिकातर्फ ‘गाजलु’बाट सृष्टि श्रेष्ठले अवार्ड उचालेकी छन्।
त्यसैगरी पपुलर च्वाइस अवार्ड प्रियंका कार्की, वर्षा राउत, सृष्टि श्रेष्ठलाई पछि पार्दै अभिनेत्री केकी अधिकारीले प्राप्त गरेकी छन्। उनले अन्य अभिनेत्रीले भन्दा बढी एसएमएस भोट प्राप्त गरेकी थिइन्।
यस्तै यो वर्षको दीर्घ साधना सम्मान वरिष्ठ छायाँकार मन्जुकुमार श्रेष्ठ तथा कलाकार हरिहर शर्मा र शकुन्तला गुरुङ शर्मालाई प्रदान गरियो।
अवार्ड विजेताहरु सूची
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्ट अभिनेताः विपीन कार्की (जात्रा)
उत्कृष्ट अभिनेत्रीः श्रृजना सुब्बा (डाइङ क्याण्डल)
उत्कृष्ट निर्देशकः हेमराज बिसी (गाजलु)
उत्कृष्ट सहअभिनेताः जितु नेपाल, (छक्का पञ्जा)
उत्कृष्ट सहअभिनेत्रीः गौरी मल्ल, (होमवर्क)
उत्कृष्ट खलपात्रः दीपकराज गिरी, (छक्का पञ्जा)
उत्कृष्ट हास्य कलाकारः केदार घिमिरे, (छक्का पञ्जा)
उत्कृष्ट नवनिर्देशकः दीपाश्री निरौला, (छक्का पञ्जा)
उत्कृष्ट नवअभिनेताः आर्यन अधिकारी,(के म तिम्रो होइन र)
उत्कृष्ट नवअभिनेत्रीः श्रृष्टि श्रेष्ठ, (गाजलु)
उत्कृष्ट बालकलाकारः लाक्पा सिघे तामाङः (डाइङ क्याण्डल)
उत्कृष्ट कथाः हेमराज बिसी, (गाजलु)
उत्कृष्ट पटकथाः प्रदिप भट्टराई, (जात्रा)
उत्कृष्ट संवादः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे (छक्का पञ्जा)
उत्कृष्ट छायाँकारः रविन आचार्य, (डाइङ क्याण्डल)
उत्कृष्ट द्वन्द्व निर्देशकः हिमाल केसी, (के म तिम्रो होइन र)
उत्कृष्ट सम्पादनः सुरेन्द्र पौडेल, (गाजलु)
उत्कृष्ट शृङ्गारः सरोज बुढाथोकी, (डाइङ क्याण्डल)
उत्कृष्ट ध्वनि मिश्रणः उत्तम न्यौपाने, (गाजलु)
उत्कृष्ट पार्श्व संगीतः एलिश कार्की, (के म तिम्रो होइन र)
उत्कृष्ट नृत्य निर्देशनः कविराज गहतराज, (छक्का पञ्जा)
उत्कृष्ट पार्श्व गायकः कृष्ण काफ्ले, छक्का पञ्जा (सुन न चम्पा)
उत्कृष्ट पार्श्व गायिकाः अञ्जु पन्त, किस्मत २ (यी आँखा लैजाउ)
उत्कृष्ट संगीतकारः कालिप्रसाद बाँस्कोटाः लुट २ (ठमेल बजार)
गीतकारः डा. कृष्णहरि बराल, शब्द (हरपल)
लक्स पपुलर च्वाइस अवार्डः केकी अधिकारी