Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

हालैका दिनमा नेपाली अभिनेत्रीहरुले आफ्नै लगानीमा फिल्म बनाउने क्रमहरु देखा परेका छन् । यसै क्रममा माल्भिका सुब्बा, रिचा शर्मा, निशा अधिकारीका साथसाथमा ख्याति प्राप्त अभिनेत्री केकी अधिकारीले पनि फिल्म बनाउन लागेकी हुन् ।
अभिनेत्री अधिकारीले आफ्नै कम्पनी जुनकिरी प्रोडक्सनद्धारा नेपाली कथानक चलचित्र ‘कोहलपुर एक्सप्रेस’ बनाउँदै छिन । अभिनय र म्युजिक भिडियोमा फरक स्थान बनाएकी नायिका केकी अधिकारीले पहिलोपटक ‘कोहलपुर एक्सप्रेस’मार्फत निर्माणमा हात हालेकी हुन्।
चलचित्रलाई म्यूजिक भिडियो निर्देशनमा जम्दै गरेका विशाल भण्डारीले निर्देशन गर्दैछन । तीन युवतीको सपनाको कथा बोल्ने फिल्ममा केकी, प्रियंका र ऋचाको भूमिका कस्तो होला ? फिल्मको नाम अनुसार ‘कोहलपुर एक्सप्रेस’ एउटा गाडीको नाम हुनसक्ने धेरैको अनुमान छ ।
चलचित्रमा केकी अधिकारीको अलवा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने, वुद्धि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । चलचित्रमा अर्जुन पोखरेल, राजनराज सिवाकोटी, कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।
आफ्नो सपनाको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ मान्ने अधिकारीले राम्रो चलचित्र दर्शकमाझ लिएर आउने अठोटका साथ निर्माणमा हात हालेको बताउँछिन । चलचित्रले तीन युवतीको कथा भन्नेछ । चलचित्रमा केकीको साथमा भद्रबहादुर शाही, देविलाल न्यौपाने, शिव प्रसाद चौलागाइको लगानी रहनेछ । शान बस्नेतको कथा, अर्जुन तिवारीको छायांकन, लोकेश बज्रचार्यको सम्पादन, गम्भिर बिष्टको नृत्य यो चलचित्रमा रहनेछ । अप्रिलको अन्त्यतिरबाट चलचित्र प्रर्दशनमा आउने बताइएको छ । यस चलचित्रमा समेटिएको  पहिलो गीत ‘सी ओ डब्लु काउ’ युट्युबमार्फत सार्वजनिक हुने भएको छ ।
विशाल भण्डारीको निर्देशन रहेको ‘कोहलपुर एक्सप्रेस’मा तीन गीतमात्र छन्, जसमध्ये यो पहिलो गीत युट्युबमार्फत सार्वजनिक भएको केकीले जानकारी दिइन्। ‘सी ओ डब्लु काउ’ राजनराज शिवाकोटी र मेलिना राईले गाएका हुन भने राजनकै कम्पोजमा तयार भएको हो ।
बाँकी दुई गीत अर्जुन पोखरेल र कालीप्रसाद बासकोटाले तयार पारेका हुन्। अहिलेका तीन चर्चित संगीतकर्मी कालीप्रसाद, राजन र अर्जुनबाट ‘कोहलपुर एक्सप्रेस’का तीन गीत कम्पोज गराएको केकीले जानकारी दिइन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया