Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं –  शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रले सात वटै प्रदेशमा शाखा विस्तार गर्ने तयारी गरेको छ । उपत्यका बाहिर पनि मुटु रोगसम्बन्धी गुणस्तरीय सेवा प्रदान गर्ने उद्धेश्यसहित सेवा विस्तार गर्ने तयारी गरेको केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले बताउनुभयो ।

केन्द्रको २२ औ वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा आयोजिक कार्यक्रममा डा. शर्माले नेपालगञ्जको भेरी अञ्चल अस्पताल र जनकपुरको जनकपुर अञ्चल अस्पतालमा शाखा स्थापनाका लागि प्रक्रिया अघि बढीसकेको जानकारी दिनुभयो । केन्द्र, प्रतिष्ठानको रुपमा परिणत भए अस्पतालको सेवा थप विस्तार गर्न तथा समायानुकुल स्तरोन्नति गर्न सकिने उहाँको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री दीपक बोहोराले प्रदेश स्तरमा केन्द्रको शाखा विस्तारका लागि सरकारले छिट्टै निर्णय लिने बताउनुभयो । केन्द्रको प्रस्तावप्रति सरकार सकारात्क रहेको बताउँदै मन्त्री बोहोराले स्वास्थ्य मन्त्रालय यसप्रति कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।  स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले स्वास्थ्य क्षेत्रमा लगानी नबढाए सोचेजति सेवा विस्तार गर्न नसकिने बताउनुभयो ।

प्रदेश मन्त्रालयमा स्वास्थ्यको छुट्टै मन्त्रालय बनाउनका लागि पहल गरिदिन मन्त्री बोहोरालाई डा. चौधरीको आग्रह छ ।  हालसम्म करीब २० हजार बिरामीको मुटुको शल्यक्रिया गरिसकेको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया