Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडाैं – अमेजनलाई टक्कर दिनका लागि गुगलले बुधबार गुगल असिस्टेन्ट इन्टिग्रेसनका साथमा आफ्नो प्लेस्टोरमा अडियो बुक्स लञ्च गरेको छ । जुन ४५ देशमा विभिन्न ९ भाषामा उपलब्ध छ ।

गुगलको अडियोबुक्स एप्पलको आइबुक्स र अमेजनको अडिबलजस्तै हो । तर यसमा अडियोबुक्स खरीद गर्नका लागि कुनैपनि मासिक शुल्क तिर्नुपदैन । प्रयोगकर्ताले गुगल असिस्टेन्टमा ‘ओके गूगल, रीड माई बुक’ भनेर आफ्नो मनपर्ने किताब सुन्न सक्नेछन् । गुगल प्ले बुक्सका उत्पादन प्रबन्ध प्रमुख ग्रेग हर्टरेलले भनेका छन्, ‘हामीले गुगल अडियोबुक्स जारी गरिरहेका छौँ । यो ती प्रयोगकर्ताका लागि हो जसले किताबलाई अडियोका माध्यमबाट सुन्न चाहन्छन् ।’

अडियोबुक्सका साथ गुगल असिस्टेन्टको इन्टिग्रेसन एन्ड्रोइड, आइओएस, क्रोमकास्ट, एन्ड्रोइड वेयर, एन्ड्रोइड अटो तथा ल्यापटपमा पनि उपलब्ध छ । कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘गुगल प्लेमा तपाइँले अडियोबुक किफायती मूल्यमा खरीद गर्न सक्नुहुन्छ । यसका साथै तपाइँलार्इ अडियोबुक्सको निःशुल्क प्रिभ्यू उपलब्ध गराइन्छ ता कि खरीद अघि तपार्इंले किताब छनोट गर्न सक्नुहोस् ।’ –एजेन्सीको सहयोगमा

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया