बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

टोकियो–गैर आवासीय नेपाली संघ जापानले, नागोया (तोकाई होकुरिकु) क्षेत्रीय कमिटीका गतिविधिहरुलाई वैधानिकता नदिने निर्णय गरेको छ ।
बिहिबार बसेको एनआरएनए जापान सचिवालय बैठकले सो निर्णय गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । जनवरी २१ तारिकमा नागोया(तोकाई होकुरिकु) क्षेत्रीय कमिटीले NRNA जापान तोकाई होकुरिकु क्षेत्रले अधिबेशनमा  गरिएको भद्र सहमतिलाइ वास्ता नगरिएको भन्दै सहमतिलाइ पालना नगर्दासम्म कुनै पनि केन्द्रको सर्कुलर नमान्ने निर्णय थियो ।
उक्त निर्णयलाई केन्द्रीय समितिको सचिवालय बैठकले प्रतिउत्पादक, अपरिपक्क तथा अदुरदर्शीको संज्ञा त्यस निर्णयलाई तत्काल सच्याउनका लागि समेत आग्रह गरेको छ ।
एनआरएन जापानका अध्यक्ष टासी याङ्दी लामा र प्रवक्ता पर्शुराम बस्नेतद्धारा जारी विज्ञप्तीमा सो क्षेत्रीय कमिटीको निर्णयप्रति गम्भिर ध्यानाकर्षण गर्दै,आन्तिरिक समस्या मिलाउने प्रयास भईरहेको बेलामा अपरिपक्व निर्णय सार्बजनिक गरि संस्थागत मर्यादा भुलेको ठहर गर्दै, अर्को अख्तियारी जारी नभएसम्मका लागि यस्तो निर्णय गरेको जनाइएको छ ।
विज्ञप्तीमा गैरआवासीय नेपाली संघका जिम्मेवार र जवाफदेही ब्यक्तित्वहरु,डिआरसी पारसमणि पोखरेल,आईसिसि सदस्य डिलाराम खरेल,एनसिसि सल्लाहकार गोबिन्द श्रेष्ठ लगायतका ब्यक्तिहरुले क्षेत्रीय समितिका गतिविधिहरुलाई सहि मार्ग दर्शन गराउनुको सट्टा समस्या बल्झाउन प्रेरित गरेको आरोप समेत लगाइएको छ ।
तोकाई सयोजक दिपक केसीको अध्यक्षता र NRNA आइसीसी क्षेत्रिय उप सयोजक पारसमणि पोख्रेल, आइसीसी सदस्य डिलाराम खरेल, सल्लाहकारहरु गोविन्द श्रेष्ठ, निर्बाचनको बेलाका निर्बाचन समितिका अध्यक्ष तथा सल्लाहकार याम खत्री, देब घिमिरे, रामु खरेल, अर्जुन केसी, चिरन्जीवी सिग्देल लगाएत कार्यसमितिको उपस्थितमा भएको बैठकले निर्बाचनको बेला भोटको लागि बिभिन्न सहमति गर्ने तर कार्यान्वयनको बेला बिभिन्न बहाना बनाएर बाइपास गर्ने जस्तो काम NRNA जापान केन्द्रीय समितिबाट भएको भन्दै सदस्य मनोनयन, सल्लाहकार चयनसंगै बिभिन्न व्यक्तिहरुलाइ बिभिन्न पद दिने बेलासम्म समेत क्षेत्रीय समितिलाइ समन्वय नगरिएको प्रति घोर आपत्ति रहेको निर्णय सार्वजनिक गरेको थियो ।
दुवै पक्षको विज्ञप्तीसहित

तपाईको प्रतिक्रिया