Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – अब छिट्टै जाडो सकिएर गर्मी मौसम सुरु हुँदै छ । मौसम परिवर्तनसँगै मानिसलाई विभिन्न प्रकारका भाइरल प्रकोपले आक्रमण गर्छ । अस्पतालमा पछिल्लो समय भाइरल ज्वरोका बिरामीको संख्या पनि बढ्न थालेको छ । भाइरल ज्वरोले विशेष गरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई छिटो आक्रमण गर्छ ।

डा. शेरबहादुर पुन
योग विशेषज्ञ

लक्षण
भाइरल ज्वरोले घाँटी दुख्ने, चिलाउने, शरीर दुख्ने, श्वास फेर्न गाह्रो हुने, अत्याधिक ज्वरो आउनेजस्ता लक्षण देखाउँछ ।

त्यस्तै भाइरलबाट संक्रमित व्यक्तिलाई टाउको दुख्ने, शरीरका जोर्नीहरू दुख्ने, थकाइ लाग्ने, काम गर्न मन नलाग्ने पनि हुन्छ ।

भाइरलबाट संक्रमित कतिपय व्यक्तिलाई जाडो भइराख्ने पनि हुन्छ । त्यस्तै, यसले खोकी लाग्ने, नाकबाट पानी बग्नेजस्ता लक्षण पनि देखाउँछ ।

बच्नका लागि ?
पहिलो कुरा त संक्रमित व्यक्तिको नजिक या क्षेत्रमा जानु हुँदैन । यसबाट बच्न धेरै भिडभाड भएको ठाउँमा पनि नपुग्दा राम्रो हुन्छ ।

यदि परिवारको कुनै सदस्यमा यस्तो संक्रमण देखिएको छ भने बिरामीसँग लसपस गर्ने, बिरामीले प्रयोग गरेका समग्री प्रयोग गर्ने, माक्सको प्रयोग नगर्नेजस्ता गतिविधि गर्नु हुँदैन ।

भाइरलबाट बच्न बिरामीभन्दा करिब एक मिटरको दूरीमा रहनु राम्रो हुन्छ ।

बाहिरबाट घर आइसकेपछि अनिवार्य रूपमा साबुनपानीले हातगोडा सफा गरेर मात्र अन्य सामान छुने गर्नुपर्छ । त्यस्तै, झोलिलो, पोषिलो खाद्यपदार्थको सेवन, एवं प्रशस्त आराम गर्नुपर्ने हुन्छ । सन्तुलित आहारले रोग प्रतिरोधी क्षमतालाई पनि बढउने काम गर्छ ।

तपाईको प्रतिक्रिया