Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन नियमित स्वास्थ्य परीक्षणका लागि आज ब्याङ्कक जानुभएको छ ।

जण्डिसबाट पीडित पुनले यसअघि थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार गराएका थिए र अहिले पनि स्वही अस्पतालमा फ्लोअपका लागि जानुभएको हो । नेता पुनका साथमा उहाँकी श्रीमती तथा निवर्तमान सभामुख ओनसरी घर्ती पनि ब्याङ्कक जानुभएको उहाँका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिनुभयो ।

पुन आज दिउँसो १ः५५ बजेको थाई एयरवेजको नियमित उडानबाट बैंकक जानु भएको हो । उहाँको भोलि थाइल्यान्डको समितिभेज अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने र शुक्रबार नेपाल फर्कने कार्यक्रम रहेको स्वकीय सचिव पुनले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया