Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

निकै सुमधुर स्वरकी धनि लोक दोहोरी गायिक प्रतिमा विश्वकर्मा र उनको आफ्नै दाजु गायक ताराकान्त वि.क. को लय शब्द साथै चर्चित गायक तथा मोडल प्रकास सपुत र मुना रसाईलीको दमदार अभिनयमा रहेको लोक दोहोरी गीत चन्चले तिम्रो बानी सारङगी संसार युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । 

छोटो समयमै दर्जनौँ गीतमा स्वर भरिसकेकी गायिका प्रतिमा विश्वकर्माको यो भने उनको आफ्नो दोस्रो एल्बम हो । यस भन्दा अगाडि सज्जन कुमार सिंहको लय शब्दमा, गायक तथा नेपालका कुशल सारङगी बाद्यक कमल कुमार वि.क. र गायिका प्रतिमा विश्वकर्माको सुमधुर स्वरमा बाटो बर्खाको लोक दोहोरी गित बजारमा ल्याईसकेकी थिईन । जुन गित निकै चर्चामा रहेको थियो साथै बर्खाको समयका लागि सदाबहार गित पनि हो ।
दुई दाजु बहिनी प्रतिमा विश्वकर्मा र ताराकान्त विश्वकर्माको संयुक्त प्रस्तुतिमा रहेको चन्चले तिम्रो बानी विषेश गरी युवापिढीप्रति लक्षित गीत हो । उक्त गीत भित्र फेसबुकमा कुराकानी हुँदै भेट भए पछि माया भनेको २ दिनका लागि होईन जुगै जाने हुनु पर्दछ भन्ने सन्देश दिदै चोखो मायामा बाँधिने बाचा गरेका जोडीहरुको कथा बस्तु भेट्न पाईन्छ ।
यस गीत सुर डिजिटल रेकर्डिङ स्टुडियो डिल्लीबजार काठमाण्डौमा रेकर्डिङ भएको भने म्युजिक एरेन्ज कुशल एरेन्जर रमेश सेन्चुरीले गरेका छन । साथै बाद्यबाधनतर्फ, सारङगीः कमल कुमार वि.क., बाँसुरीः रत्न बि.क. उत्सुक, ड्रम प्रोग्रामिङ (अक्टोप्याड) ः राकेश सोनी, रिदम (मादल, तबला, ढोलक) भुवन गन्धर्भ को रहेको छ । गितको भिडियो निर्माण, फ्लिम तथा म्युजिक भिडियो कम्पनी  जे.आर.सी. मिडिया अनामनगर काठमाण्डौले गरेको छ भने निर्देशन तथा सम्पादन निर्देशक जीवन सेन्चुरीले गरेका हुन । भिडियो निर्माण निकै फरक किसिमले गरिएको छ र भिडियो क्वालिटी फोर के क्वालिटीमा निर्माण गरिएको निर्देशक जीवन सेन्चुरीले बताएका छन् ।
गीत यहाँबाट हेर्नुहोस्

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया