बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – एमाले–माओवादीबीच चार महिना यताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरुले दाबी गरेका छन् ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी दिएको छ ।

एकताबारे ‘विभिन्न आशंका र षणयन्त्रलाई चिरेर’ छोटो र छिटो विधीबाट पार्टी एकता टुंगोमा पुर्‍याउने समझदारी दुई शीर्ष नेताबीच भएको दाबी गरिएको छ । यद्यपी, ओली र दाहालबीच पार्टी एकता कसरी गर्ने भन्नेबारे अझैपनि विभिन्न मोडेलमा छलफल बिचाराधीन छ ।

एकता प्रक्रिया अब छिट्टै निर्णायक तहमा पुग्नेमा आशंका नरहे पनि कुन मोडालिटी अपनाउनेबारे उनीहरुले खुलाउन चाहेनन् । उच्च स्रोतका अनुसार ओली र दाहाल दुबै अध्यक्ष रहने, एमालेका पदाधिकारीलाई यथावत राखेर माओवादी केन्द्रबाट केही पदाधिकारी थपेर अघि बढ्ने विषयमा नेताहरु सहमति नजिक छन् ।

तर, माओवादी केन्द्रका केही नेताहरु भने प्रधानमन्त्री ओली, पार्टीको सबै नेतृत्व लिनेगरी दाहाललाई पार्टी अध्यक्ष बनाउनु पर्ने दबाब दिइरहेका छन् ।

तपाईको प्रतिक्रिया