Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडाैं – मधुमेहले धेरैलाई सताएको छ । यसलाई हामी खानदानी रोग पनि भन्छौं । खासगरी सौखिन जीवनशैली रोज्नेहरु मधुमेहको चपेटामा पर्छन् । मधुमेहबाट बच्नका लागि खानपानमा सर्तक रहनुपर्छ । सक्रिय जीवनशैली विताउनुपर्छ ।

मधुमेह जस्तै उच्च रक्तचाप, मुटुरोग पनि अहिले खानदानी रोगको रुपमा देखापरेको छ । यस्ता रोगहरुबाट बच्नका लागि स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । साथै खानपानमा सावधानी अपनाउनुपर्छ । यस्ता अनेक रोगबाट बच्नका लागि हामीलाई म्याग्नेसियमयुक्त खानेकुराको खाँचो हुन्छ ।

किन म्याग्नेसियम ?
हाम्रो शरीरलाई सँधै स्वस्थ र सक्रिय बनाइराख्न आवश्यक मिनरल्समध्ये एक हो म्याग्नेसियम । हाम्रो शरीरको संरचनामा म्याग्नेसियमको महत्वपूर्ण भूमिका हुन्छ र यसले हामीलाई कयौं बिमारीहरुबाट बचाउँछ ।

खासमा म्याग्नेसियम पनि क्याल्सियम र बोरियम जस्तै एक छारिए तत्व हो । हालै गरिएको एक सोधबाट प्रमाणित भइसकेको छ कि यसले शरीरमा मौजूद इन्जाइमसँग मिलेर ग्लूकोज बनाउने काम गर्छ र यसले इन्सुलिन बनाउने प्रक्रियालाई पनि दुरुस्त राख्छ । म्याग्नेसियमयुक्त खानेकुराको सेवनले टाइप २ डाइबिटिजको खतरा कम हुन्छ । यसले हाम्रो स्मरण शक्तिलाई मजबुत बनाउँछ ।

उच्च रक्तचाप, मुटुरोग, तनाव, माइग्रेन तथा अर्थराइटिसजस्ता समस्याहरुबाट बचाउन पनि यो सहयोगी हुन्छ । यति मात्र होइन, क्याल्सियमसँग मिलेर यसले हड्डीलाई मजबुत बनाउँछ । गर्भमा रहेको शिशूको विकासको लागिय पनि यो तत्व अति आवश्यक हुन्छ ।

के हुन् प्रमुख स्रोत ?

दहीः यो क्याल्सियम र म्याग्नेसियमको अत्यन्त राम्रो स्रोत हो ।

केराः यसमा पोटासियमका साथ म्याग्नेसियम पनि भरपूर मात्रामा पाइन्छ । यसले इम्युन सिस्टमलाई मजबूत बनाउनुका साथै स्मरण शक्ति बढाउन पनि सहयोगी हुन्छ ।

सीताफलको बिउः सीताफलको बिउमा म्याग्नेसियम भरपूर मात्रामा पाइन्छ । यसको बिउलाई घाममा सुकाएर तेल र नूनका साथ भुट्नुस र यसपछि स्न्याक्सको रुपमा यसको सेवन गर्नुस । यसबाट तपाईंको शरीरले भरपूर मात्रामा म्याग्नेसियम प्राप्त गर्नेछ ।

बदामः यो म्याग्नेसियमको सबैभन्दा राम्रो स्रोत हो । हरेक दिन पानीमा भिजाएर पाँच बदामको सेवन गर्दा स्मरणशक्ति बढाउनुका साथै स्नायु प्रणालीसँग सम्वन्धित रोगहरुबाट पनि बचाउँछ ।

हरियो पत्तेदार तरकारीः यो आइरनका साथै म्याग्नेसियमको पनि अत्यन्त राम्रो स्रोत हो । पत्तेदार तरकारीले शरीरमा हेमोग्लोविनको स्तर बढाउनका साथै मांसपेशीहरुलाई पनि मजबुति प्रदान गर्छ । – एजेन्सी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया