Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं  – पिसाब चुहिने आमसमस्या हो । सामान्य अवस्थामा पनि पिसाब चुहिरहनुलाई पिसाब चुहिने समस्या भनिन्छ । पिसाबथैलीको रोगका कारण पिसाब चुहिने समस्या हुन्छ । यस्तो समस्या भएमा टुक्रुक्क बस्दा, हाछ्युँ गर्दा वा गह्रुंगोे सामान उठाउँदा पनि पिसाब चुहिने गर्छ ।

यस्तो समस्या महिलामा बढी हुन्छ । पिसाब चुहिने समस्या पिसाबथैलीको रोग हो ।

डा. प्रेमराज ज्ञवाली
युरोलोजिस्ट

पिसाबथैलीले पिसाबलाई होल्ड गर्छ । तर, पिसाबथैलीमा समस्या आएमा पिसाब चुहिने समस्या हुन्छ । ढाड र हाड्डीमा समस्या भएमा पनि यस्तो रोग लाग्छ । कहिलेकाहीँ पिसाब निथ्रिन नपाईकन पिसाबथैली बन्द हुन पनि सक्छ । जसले गर्दा पिसाब चुहिने समस्या आउँछ ।

शल्यक्रिया गर्दा पिसाबथैलीमा चोट लागेमा पनि यस्तो समस्या देखिन्छ । शल्यक्रियाको समयमा पिसाबथैलीवरिपरिका नसा काटिएमा पनि पिसाब चुहिने समस्या हुन्छ ।बच्चा जन्मेपछि पनि महिलामा पिसाब चुहिने समस्या हुन्छ । बच्चा जन्मेपछि महिलाको यौनांगवरिपरिका भाग लुज हुन्छ र पिसाब चुहिने गर्छ ।

उपचार विधि
सजिलै गरी पिसाब चुहिने समस्याको पहिचान गर्न सकिन्छ । मसल्स खुकुलो भएर पिसाब चुहिएको हो भने उपचार गरी टाइट गर्नुपर्छ । पिसाब फेर्ने ठाउँको नियमित एक्सरसाइज पनि गर्नुपर्छ । सामान्य उपचारबाट रोग निको नभए शल्यक्रिया गरेर यसको उपचार गर्न सकिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया