Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

डा. रघुनाथ (ओसिस) धिताल
बिशेष बैज्ञानिक
ग्रीन  सुष्म उत्प्रेरक अनुसन्धान केन्द्र, रिकेन, जापान

नेपाली समाजमा नकारात्मक दृष्टिकोणले हेरिने मध्येको एक बिकराल रोग मध्ये मनोरोग एञ्जाएटी र डिप्रेसन पनि हो। बिकसित मुलुक यूरोप अथवा अमेरिकामा यो रोगको बारे खुलेर बहस र चेक(जाच हुने भएकोले करिब-करिब कति प्रतिशत मानिस यो रोगबाट शिकार भएका छन् आकडा बाहिर आएको हुन्छ तर नेपालमा यो रोग लागेको ब्यक्ति समाजमा खुलेर हिड्न नसक्ने र सकेसम्म रोग लुकाउन कोशिस गर्ने भएकोले कति प्रतिशत व्यक्तिहरु यो रोगबाट ग्रसित छन् भन्ने ठीक तथ्याङ्क निकाल्न गाह्रो छ।
हाम्रो समाज अझै पनि परम्परागत रुढिवादी सोचले ग्रसित छ। समाजमा कुनै व्यक्तिले मनोरोगको औषधि सेबन गरेको छ भने उसलाई दिमागको दबाई खाएको व्यक्तिको तुच्छ संज्ञा दिदै कानेखुसी गरिन्छ । अनि जो व्यक्ति समाजबाट आत्मबल खोजिरहेको हुन्छ । उसले आफु मनोरोगको कारण तिरस्कृत भएको अनुभब गर्छ र यो समस्या दोहोरिदै जाँदा समयको कुनै कालखण्डमा आत्महत्या गर्ने मोडमा समेत  पुग्ने र यस्तो घटना घटेको धेरै सत्यहरु हाम्रो समाजमा अझै सामान्य नै छ।
मनोरोग अथवा मानसिक रोग मस्तिष्कमा रसायनिक असंतुलनको कारण अथवा मस्तिष्कमा रसायनिक गडबडीको कारणले हुन्छ त्यसैले यो सामान्य मेन्टल डिसअर्डर हो। मेडिकलको भाषामा न्युरोट्रान्समिटर डिसअडरको कारणले मानसिक स्वास्थ्यमा बिकसित हुने बिकारलाई मानसिक रोग पनि भनिन्छ। आजको यो लेखमा मानसिक रोग विशेष गरि एञ्जाएटी र डिप्रेसनको बारेमा सक्दो जानकारी दिने प्रयास गर्ने छु। मानसिक रोग धेरै प्रकारको हुन्छ त्यसैले यसलाई ग्रुप अफ मेन्टल डिसअर्डर पनि भन्ने गरिन्छ। तपाई यदि मानसिक रोगको शंका लगेर मनोरोगविशेषज्ञकोमा जानु भयो भने तपाईलाई सोध पुछ गरेर औषधि रेफर गरिन्छ। तपाईले डाक्टरलाई सोध्नु भयो कि डाक्टर साप मलाई के भएको हो ? यदि तपाई मानसिक रोगको पहिलो चरण अथवा सुरुको अवस्थामा हुनुहुन्छ भने उहाले सजिलो उत्तर दिनु हुन्छ, एञ्जाएटी। बुझ्नु भएन भने प्राय भनिने कुरो हो तपाईलाई चिन्ता लाग्ने रोग अथवा मनोरोग लागेको छ।
अब बिरामीले आफुलाई डिप्रेसन भयो भन्ने बुज्छ र भ्रममा पर्छ। किनकि एञ्जाएटि र डिप्रेसन फरक रोग हो एकै खाले रोगमा बर्गीकरण गर्न मिल्दैन र उपचार पद्दतिमा पनि फरक हुन्छ। तर तपाईले डाक्टर लाई सोध्नु भयो भने प्राय उत्तर करिब-करिब उस्तै हो भन्ने जबाफ आउन सक्छ। किनकी दुवै रोगको कतिपय लक्षणहरु उस्तै हुन्छन जसले गर्दा मानसिक रोगको प्रकार बुझ्नलाई जटिल बनाई दिन्छ। त्यसैले मनोरोगविशेषज्ञले सरल र सरस तरिकाबाट बिरामीलाई बुजाउन सजिलो नहुने र धेरै कुराहरु बिरामीलाई भन्दा बिरामीमा मनोबैज्ञानिक तनाब सृजना हुन सक्ने भएकोले तपाईलाई चिन्ता लाग्ने रोग लागेको हो यो औषधि खानुहोस राम्रो हुन्छ भनेर सजिलो तरिका अपनाएका पनि हुन सक्छन।

एञ्जाएटी र डिप्रेसनमा के फरक छ र कसरी थाहा पाउने ?

एञ्जाएटि अंग्रेजी  शब्द  हो यसको नेपाली अर्थ व्याकुलता अथवा व्यग्रता हो। एञ्जाएटि धेरै प्रकारको हुन्छ। जस्तै जेनेरल एञ्जाएटि डिसअडर, सोसिएल (सामाजिक)  एञ्जाएटी डिसअडर, पेनिक (आतंक, त्रास, अत्यास, भय) डिसअडर, एगोरो-फोबिया (भिड भाडको डर लाग्ने), विशेष फोबिया। यी एञ्जाएटीहरुको बारे तल जानकारी दिने छु।
डिप्रेसन पनि अंग्रेजी शब्द हो यसको नेपाली अर्थ उदासी, ग्लानी अथवा शक्तिहिनता हो। यी दुवै मानसिक रोगका कतिपय लक्षण वा प्रकृति उस्तै हुन्छन। एञ्जाएटि डिसअर्डरले ग्रसित व्यक्तिहरुमा उपचार नगरे अथवा उपचार पद्दति ठिक भएन भने डिप्रेसन पनि बिकसित हुन्छ र त्यस्तै गरि डिप्रेसनबाट पिडितहरुमा पनि उपचार नगरे कुनै प्रकारको एञ्जाएटी बिकसित हुन्छ।त्यसैले समस्या यहाँ निर हुन्छ कि मानसिक रोग लागेका व्यक्तिहरु मध्ये धेरैलाई दुवै रोग (एञ्जाएटी र डिप्रेसन)को उपचार गरिन्छ। यदि ठिक तरिकाले रोगको पहिचान गर्न सक्ने हो भने कुनै एक एञ्जाएटी डिसअर्डर अथवा डिप्रेसिव डिसअर्डरको मात्र उपचार गर्दा यो अति प्रभावकारी हुन्छ। समयमानै बिरामीको रोग निको हुन्छ र आर्थिक समस्याबाट पनि बिरामीलाइ कम मार पर्छ।

सबै प्रकारको एञ्जाएटिको मुख्य लक्षणहरु

१. अत्यधिक चिन्ता
२. बिनाकारण छटपटी
३. काम नगर्दा पनि थकान र कष्ट हुने
४. ध्यान अथवा एकाग्रतामा समस्या हुने (मन डुलीरहने)
५. रिसाहा अथवा क्रोधी स्वभाव बिकसित हुने
६. सुत्नलाई वाधा, हुने निन्द्रा नपर्ने
७. मांस्पेशी अथबा स्नायुमा तनाव हुने

विशेष प्रकारको एञ्जाएटी र लक्षणहरु

१. जेनेरल एञ्जाएटी डिसअडरस् अत्यधिक चिन्ता लिने, बिनाकारण चिन्ता लिने, चिन्ता लिईसके पछि फेरि किन चिन्ता लिएको होला मैले भनेर चिन्ताको पनि फेरि चिन्ता लिने।
२. सोसिएल (सामाजिक) एञ्जाएटी डिसअडरस् सामाजिक काम गर्दा नराम्रो पो हुन्छ कि अरुले नराम्रो पो भन्छन कि भनेर अत्तालिने, समाजमा बोल्न डराउने।
३. पेनिक (आतंक, त्रास, अत्यास, भय) डिसअडर यो सबै भन्दा धेरै दुख दिने एञ्जाएटीको प्रकार हो। यो डिसअडर भएको व्यक्तिलाई धेरै किसिमको समस्या हुन्छ। श्वास प्रश्वासमा समस्या हुन्छ, श्वास रोकिएको जस्तो हुन्छ र छटपटी बढेर म अब मरे भन्नि भ्रम हुन्छ तर यो कसैलाई १० देखि ३० मिनेटसम्म हुन्छ त कसै लाई १ घण्टासम्म हुन्छ र बिस्तारै सामान्य हुन्छ। कसैलाई मुटुको मुटुको धड्कन एक्कासी बढेर आउछ र बिरामीले मलाई ह्रदयघात भयो भन्ने भ्रम हुन्छ। यदि समयमा अस्पताल नलगे बिरामीलाई अब म मरे, मेरो दिन यति नै रहेछ भन्ने भय, आतंक र त्रास हुन्छ। यस्ता बिरामीलाई अस्पतालमा चेक-जाच गरेपछि मुटुमा कुनै समस्या नभएको चिकित्सकले बताए पनि बिरामीले फिटिक्कै विश्वास गर्दैनन्। तर यस्ता बिरामी अस्पताल पुगेपछि आफै सामान्य हुन्छन। अब घर फर्किदा फेरि यिनीहरुलाई फेरि मलाई यस्तो हुन्छ कि भनेर त्रास, अत्यास, भय हुन्छ। राती सुत्ने बेलामा पनि सुत्न गारो हुन्छ। राती पो मर्छु कि भन्ने भय उत्तिकै हुन्छ। कसैलाई सरिरमा खल(खली पसिना आउछ, अनि उ निकै डराएको र तर्सेको अवस्थामा हुन्छ। कोहि बिरामीलाई टाउको घुमेको र आखा मिरमिर गरेर कुनै बस्तु नै नदेखेको अनि मुर्छा परे जस्तो हुन्छ। तर पेनिक आक्रमण केहि समय (१० मिनेट देखि १ घण्टा) सम्म रहन्छ र बिस्तारै बिरामी सामान्य हुन्छ तर फेरि यस्तो आक्रमण पछि पछि दोहोरिन्छ। बिशेष गरि बिरामीलाई मर्छु कि भन्ने अत्यधिक चिन्ता हुन्छ।
४. एगोरो-फोबिया (भिड भाडको डर लाग्नेस् )-यो समस्या भएको व्यक्तिलाई भिड, सपिङ्ग महल, खेलकुद मैदान आदिमा मलाई पेनिक आक्रमण हुन्छ कि मलाई पेनिक आक्रमण भयो भने यहाँबाट कसरी निस्कनु मलाई अरुले अस्पताल लैजादैनन् कि भन्ने  त्रास बिकसित हुन्छ।त्यसैले यस्ता बिरामीले सपिङ्ग, खेलकुद अथवा रमाईलोको कुनै मज्जा लिन सकिरहेको हुदैनन्। कसैको सहयोग नपाई मर्छु कि भन्ने चिन्ता हुन्छ।
५. विशेष फोबिया- कुनै घटना अथवा कुनै वस्तु देख्ने बित्तिकै त्रास हुने कोहि व्यक्तिलाई हृदयघात भयो भन्ने कुरा सुन्नी बित्तिकै आत्तालिने  र मलाई पनि हिर्दयघात भएर मर्छु कि भन्ने चिन्ता हुने। कुनै दुर्घटना हेर्न नसक्ने अथवा दुर्घटना भएर मान्छे मरे भनेको सुन्दा बेहोस होला-होला जस्तो हुने।

डिप्रेसनका मुख्य लक्षणहरु

१. उदासी अथवा ग्लानी स्वभाव र मनस्थिति, जति खेर पनि उदास भएर र दिक्क मानेर बस्ने।
२. रमाईलो गर्ने आत्मबल नै नहुने र फिटिक्कै रमाईलो बाताबरणमा बस्न नरुचाउने।
३. कहिले धेरै भोक लाग्ने कहिले भोक नै नलाग्ने।
४. कहिले निन्द्रा फिटिक्कै नलाग्ने कहिले धेरै निन्द्रा लाग्ने, उठ्नै नसक्ने।
५. दैनिक गतिविधीहरुमा शुन्यता आउने, दैनिक काम कार्यहरु बिस्तारै गर्ने।
६. शरिरमा बल, फूर्ति शक्तिमा कमी आउने।
७. आफुदेखि आफैमा हिन्नता बोध हुने, आफुलाई आफू नै बेकारको र बोज लाग्ने।
८. एकाग्र हुन नसक्ने, मन ढुलिरहने, एकान्त मन पर्ने।
९. जहिले पनि नकारात्मक सोच आउने, जे गर्दा पनि आफ्नो भविष्य अन्धकार मात्र देख्ने।
१०. प्रगति गर्न सक्दिन जस्तो मात्र लाग्ने।
११. आत्महत्या गर्ने विचार मात्र आउने तर आत्महत्या गरि चै नहाल्ने, आत्महत्या गर्दा कस्तो होला भनेर धेरै सोचिरहने र अन्तिम अवस्थामा उपचार भएन भने आत्महत्या गर्ने।

एञ्जाएटी र डिप्रेसन कसरी थाहा पाउने मुख्य बुज्नु पर्ने कुरो के हो भन्दा कुनै एक प्रकारको एञ्जाएटि बिकसित भएर डिप्रेसन सुरु हुने हो। यी दुवै रोगको कारण प्राय एकै हुन्छ। रोगको धेरै लक्षणहरु पनि उस्तै हुन्छ। यी दुवै रोग न्युरोट्रान्समिटर फंग्सन (काम) परिबर्तन हुदा बिकसित हुने हो। न्युरोट्रान्समिटर डिसअर्डर हुदा सेरोटोनिंन भन्ने रसायनको कमि हुदा यी रोगहरु बिकसित हुन्छ। डोपामाईन र एपीन्याफ्रिन नामक रसायनको भूमिका पनि उत्तिकै हुन्छ एञ्जाएटि र डिप्रेसन हुनको लागि। अब दुवै रोग एकै कारणले हुने हुदा लक्षणहरु उस्तै हुनु र एञ्जाएटि हुदा डिप्रेसन बिकसित हुनु अनि डिप्रेसन हुदा कुनै कुनै प्रकारको एञ्जाएटि बिकसित हुनु सामान्य नै हो। तर एञ्जाएटिको लक्षणहरु देखिने बितिकै उपचार पद्दतिमा गएमा डिप्रेसनबाट सजिलै बच्न सकिन्छ। एञ्जाएटि भएको व्यक्तिलाई सबभन्दा डर मर्नदेखि लाग्छ, जब एञ्जाएटिले आक्रमण गर्छ उनी उसलाई भविष्यको चिन्ता हुन्छ। कतै म मर्छु कि कतै मलाई हिर्दयघात हुन्छ कि कतै मेरो भविष्य अन्धकार पो हुन्छ कि यस्तै किसिमको उसलाई आफ्नो भविष्यको चिन्ता हुन्छ, एञ्जाएटि भएको व्यक्तिले आफ्नो भविष्य उज्जल नै देखेको हुन्छ।जीबनदेखि आश मरेको हुदैन र मर्नदेखि अत्यधिक डर लाग्छ र एञ्जाएटिले आक्रमण गर्ने बित्तिकै अस्पताल जान आग्रह गर्छ। बिरामीको यो प्रकृति अथवा स्वभाव एञ्जाएटिले आक्रमण गरेको बेलामा मात्र देखा पर्छ र बिस्तारै यो १ घण्टा पछि आफै सामान्य हुन्छ।
अर्को चोटी एञ्जाएटिले आक्रमण नगर्नु जेल यस्तो समस्या देखा पर्दैन तर उसलाई पहिला परेको समस्याले चिन्तित बनाउछ र बिस्तारै एञ्जाएटिले आक्रमण नगर्दा पनि डिप्रेसनका सामान्य लक्षणहरु सुरु हुन थाल्छ। ठिक बिपरित डिप्रेसनभएको व्यक्तिलाई मर्नदेखि डर लाग्दैन, झन् आत्माहत्या गर्न मन लाग्छ। जे गर्दा नि त्यस्ता व्यक्तिले आफ्नो भविष्य मात्र देखिरहेको हुन्छ। सधै नकारात्मक सोच मात्र आउछ। यो समस्या डिप्रेसन भएको व्यक्तिलाई निरन्तर भईरहन्छ। एञ्जाएटि जस्तो १० देखि १ घण्टासम्म मात्र लक्षण देखिने होईन कि निरन्तर आत्माग्लानी भईरहन्छ।
अब करिब-करिब तपाईहरुले एञ्जाएटि र डिप्रेसनको फरक पाईसक्नु भयो। आज एक बाक्यमा भन्दा डिप्रेसन आफैमा एञ्जाएटिको बिकसित रुप हो तर एञ्जाएटि चाही डिप्रेसन होईन। त्यसैले एञ्जाएटि पहिचान गर्न सके डिप्रेसनको उपचार गर्नु पर्दैन र एञ्जाएटिको मात्र उपचार गर्दा हुन्छ।

एञ्जाएटी र डिप्रेसनको उपचार पद्दति कस्तो हुन्छ ?

तपाईलाई मनोरोगको शंका लागेमा मनोरोगविशेषज्ञलाई चेक-जाच गराउनु पर्छ। मनोरोगविशेषज्ञलाई आफुलाई भएको सम्पूर्ण रोगको लक्षण वा प्रकृति निर्धक्क भएर बताउनुपर्छ। तपाईको रोगको प्रकृति र लक्षणहरु हेरेर तपाईलाई उपचार पद्दतिको सिफारिस गरिन्छ।
दुई प्रकारको उपचार पद्दति एञ्जाएटि र डिप्रेसनको लागि उत्तम मानिएको छ।

१. साईकोथेरापी (मनोवैज्ञानीक तरिकाले मानसिक रोगको उपचार ) यो पद्दति धेरै प्रकार को हुन्छ। मनोरोगीको अवस्था हेरेर कुन प्रबिधि प्रभाकारी हुन्छ मनोरोगविशेषज्ञले पहिचान गर्छन र मनोवैज्ञानीक तरिका अपनाएर तपाईको मस्तिष्कमा भएको बिकार अथवा नकारात्मक सोचको परिबर्तन गर्ने प्रयास हुन्छ।
२. मेडीकेसन (औषधी गर्ने काम) न्युरोट्रान्समिटर डिसअडरलाई सन्तुलित राख्न औषधि प्रयोग गर्ने प्रबिधि मेडीकेसन हो। कुन औषधि कति मात्रामा दिने र कति समय दिने भन्ने कुरा मनोरोगीको अवस्था हेरेरे मनोरोगविशेषज्ञले औषधि रेफर गर्छन।

यी दुई पद्दति बाहेक अरु पनि तरिका हरु पनि हुन्छन जसले एञ्जाएटी र डिप्रेसन बाट मुक्त हुन केहि मात्रामा सहयोग हुन्छ। यो पद्दतिलाई जीबनशैलीमा परिबर्तन भनिन्छ। जस्तै तनाब कम (रिल्याक्स) गर्ने प्रबिधि, योग गर्ने, श्वास प्रश्वास प्रक्रियाको अभ्यास गर्ने (लामो श्वास लिने, एकछिन रोक्ने र फ्याक्ने), आफ्नो परिवार र साथीहरुलाई समय दिने र यो रोगको बारे खुलेर छलफल गर्ने, प्रातमा भ्रमण गर्ने, निरन्तर ब्यायम गर्ने, अल्कोहल, चुरोट, सुर्तीबाट टाढा बस्ने, कफी नपिउने, ग्रीन टि लिने, खेल्दकुदमा समय दिने, आफ्नो काम समयमा नै पुरा गर्ने, चिन्ता लिनबाट सकेसम्म बच्ने।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया