Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

बाजुरा – स्थानीय तहमा हस्तान्तरण भएपछि बाजुराका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । नेपाल सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधि स्थानीय तहले खरिद गर्न नसेकेका कारण स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो ।

स्थानीय तह (नगरपालिका तथा गाउँपालिका) ले औषधि खरिद गर्नका लागि आवश्यक रकम उपलब्ध गराउन नसक्दा औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएको छ । अहिले ती संस्थामा सिटामोलसमेत पाउन छाडिएको जनाएको छ । ‘स्थानीय तहमा हस्तान्तरण हुनुभन्दा अघि औषधि समयमै आउने गरेको थियो, काम गर्न सहजता थियो, अहिले अन्योल भएको छ’ बूढीगंगा स्वास्थ्य चौकीका प्रमुख ललिता रोकायाले भन्नुभयो ।

स्वास्थ्य मन्त्रालयको निर्देशनमा बाजुरा जिल्लाका सबै स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण भइसकेका छन् । स्थानीय तहमा हस्तान्तरण भइसकेपछि सम्बन्धित नगरपालिका र गाउँपालिकाले यसको जिम्मेवारी लिनुपर्छ, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा.रुपचन्द्र विश्वकर्माले भन्नुभयो– ‘जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय तहको जिम्मेवारी सम्बन्धमा सरकारले प्रष्ट पारिदिएमा स्वास्थ्यकर्मीलाई काम गर्न सजिलो हुन्छ ।’

जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ वटा स्थानीय तह छन् । जिल्लामा जनस्वास्थ्य कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र २६ स्वास्थ्य संस्था छन् । यी स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेका गाउँमा सामुदायिक स्वास्थ्य एकाइ केन्द्रसमेत स्थापना भएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया