Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – विपुला श्रेष्ठ-
मनोविज्ञ, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिब्रेसन सेन्टर, धापासी
यसरी अनिद्राको समाधान
सुताइको समय निश्चित गर्नु राम्रो हुन्छ । कुनै दिन अबेरसम्म बस्ने र कुनै दिन अधिक सुत्ने पनि गर्नु हुँदैन ।

यदि लामो प्रयासपछि पनि निद्रा नलागेमा सजग हुनुपर्छ । निरन्तरको यस्तो प्रयासले मानसिक द्वन्द्व सिर्जना गर्नुका साथै तनाव बढाउन थाल्छ ।

प्राय मानिस रातको वेला रक्सी र चुरोट सेवन गर्छन् । सुत्ने वेला कफी, चुरोट, रक्सी सेवन गर्नु हुँदैन ।
दैनिक शारीरिक व्यायाम गर्न आवश्यक हुन्छ । योग, ध्यान, प्राणायाम गर्दा पनि धेरै हदसम्म अनिद्राको समाधान हुन्छ । यदि साँझको समयमा ध्यान गर्न मन लागेमा निष्क्रिय खालको गर्नु राम्रो हुन्छ ।

राति अबेरसम्म टिभी हेर्ने र इन्टरनेटमा बस्ने बानीले पनि अनिद्राको समस्या बढाउँछ ।
राति कहिल्यै भोकै सुत्ने बानी गर्नु हुँदैन । बरु हल्का खालका भोजन लिन उपयुक्त हुन्छ ।
सकेसम्म अनिद्राको औषधि प्रयोग गर्नु हुँदैन । औषधिको नियमित सेवनले विनाऔषधि निद्रा नपर्ने समस्या आउन सक्छ । यदि कुनै शारीरिक, मानसिक समस्या भएमा मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ।

निद्राका लागि विश्रामको अभ्यास
अनिद्राका लागि विश्राम निकै ठूलो औषधि बन्न सक्छ । विश्रामको अभ्यासले गाढा निद्राका लागि मद्दत गर्नुका साथै शारीरिक र मानसिक रूपमा स्वस्थ रहन पनि मद्दत गर्छ । यस्तो अभ्यास गर्दा मधुरो संगीत बजाएर ओछ्यानमा उत्तानो परेर सुत्नुपर्छ । जसलाई योगको भाषामा शवासन पनि भनिन्छ ।

त्यस्तै, हल्का आँखा चिम्लेर ५–१० पटक गहिरो, लामो श्वास तान्दै छोड्दै गर्नुपर्छ । त्यसपछि आफ्नो चेतनालाई खुट्टाको मांसपेशीतर्फ लानुपर्छ र मनभित्रबाट मांसपेशीलाई खुकुलो छोडेको अनुभव गर्नुपर्छ । मांसपेशी खुकुलो पार्दै लैजाँदा तनाव हटेर आनन्दको महसुस गर्न सकिन्छ ।

यसरी बिस्तारै अन्य अंगमा आफ्नो चेतनालाई लाने र सम्बन्धित मांसपेशी खुकुलो भएको अनुभूति गर्नुपर्छ । यसरी पाउदेखि शिरसम्म चेतना पुर्‍याउन आवश्यक छ । विश्रामको अभ्यास गर्दा निद्रा पनि लाग्न सक्छ, जसलाई राम्रो मानिन्छ ।

कति समय निदाउनुपर्छ ?
निद्राको आधिकारिक अवधि कायम गरिएको छैन । मानिसको अवश्यकताले यसको निर्धारण गर्छ । सामान्यतया उमेरअनुसार निद्राको अवधि भने छुट्याइएको छ । कसैलाई ५–६ घन्टा निदाए पुग्छ भने कसैलाई ७–८ घन्टा नै सुत्नुपर्ने हुन्छ । सामान्यतया स्वस्थ मानिसका लागि २४ घन्टामा ७ देखि ९ घन्टासम्म निदाउनु उत्तम मानिन्छ ।

के हो अनिद्रा ?

अनिद्रा शारीरिक तथा मानसिक रोगको लक्षण हो । कुनै–कुनै अवस्थामा निश्चित रोगविनै पनि निद्रा नपर्ने हुन सक्छ । अचानक देखा पर्ने तनाव, क्षणिक उत्तेजना, भयलगायतका गतिविधिले अनिद्राको समस्या निम्त्याउँछ । अनिद्रा भनेको राति निदाउन कठिनाइ हुने अवस्था हो ।

निदाएपछि बीच–बीचमा निद्रा टुट्ने, बिहान छिटो निद्रा खुल्ने र पुनः निदाउन गाह्रो पर्ने समस्यालाई पनि अनिद्रा भनिन्छ । समयमै यसको समाधान गर्न सकेमा दीर्घकालीन स्वास्थ्य समस्याबाट बच्न सकिन्छ । नत्र डिप्रेसन, एन्जाइटीलगायतका मनोवैज्ञानिक रोग लाग्न सक्छ ।

तपाईको प्रतिक्रिया