Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निस्कासित भएका नर्सहरुलाई पुर्नबहाली गर्नु पर्ने माग राख्दै नेपाल नर्सिङ एशोसिएसनले आज स्वास्थ्य मन्त्रालय घेराउ गरेको छ ।

मानव अंग प्रत्यारोपण केन्द्रत निस्कासित गरिएका दुई नर्स त्रजिना जति, सजना देउला लगायतका सात कर्मचारीलाई पुर्नबहालीको माग गर्दै नेपाल नर्सिङ संघको अगुवाईमा आयोजना भएको मन्त्रालय घेराउ कार्यक्रममा उपत्यकाका नर्सिङसम्बन्धी विभिन्न संघ संस्थाहरुले सर्मथन गरेका थिए । विना गल्ती तथा जानकारी मानव अंग प्रत्यारोपणले दुई नर्स त्रजिता, सजनालगायत डायलासिस कर्मचारीलाई अस्पतालबाट निश्कासन गरेपछि उनीहरुको पुर्नबहालीको माग गर्दै संघले आन्दोलन सुरु गरिएको नेपाल नर्सिङ संघकी कार्यवहाक अध्यक्ष गंगा थापाले बताउनुभयो ।

नर्सहरुको पुर्नबहालीका सम्बन्धमा मन्त्रालयस्तरमा दुईवटा कमिटी यस अघि नै बने पनि पुर्नवहालीको माग पूरा नभएको उहाँको भनाई छ । उहाँका अनुसार केन्द्रले विभिन्न बहानामा अस्पतालमा कार्यरत सातजना कर्मचारीलाई पटक पटक गरी निश्कासन गर्नुका साथै उनीहरुलाई हप्तामा छ दिन काम गराएर ४ दिनको तलव दिएर श्रम शोषण गर्दै आएको थियो ।

त्यस्तै, कयौ नर्सहरुलाई स्वयंसेवीका रुपमा राख्नुका साथै तोकिएको पारिश्रमिक अनुसारको पैसा नदिने लगायतको काम गर्दै आएपछि आफ्नो आन्दोलन पश्चात केन्द्रले ती प्रवृति बन्द गरी हाल एक जना नर्सलाई मात्र स्वयंसेवामा खटाएको नर्स गंगाले गुनासो गर्नुभयो ।

तपाईको प्रतिक्रिया