काठमाडौं – विशेषगरी बालबालिकालाई चिसाेबाट जोगाउन विभिन्न किसिमका तरकारी खुवाउनैपर्छ । यस समयमा खाना सजिलोसँग पच्ने हुनाले भोक पनि बढी लाग्छ । त्यसैले बालबालिकालाई रोटी, आलु, अन्डा, चिउरा, चनाजस्ता खाजा बनाएर दिनुपर्छ ।
त्यस्तै, स्कुलमा टिफिनका रूपमा पनि यस्तै परिकार पठाइदिनुपर्छ ।
जाडोमा तातो खाना र तातो झोल पदार्थ सेवन गर्नु धेरै नै उत्तम हुन्छ । यो मौसममा विभिन्न प्रकारका तरकारी, दाल, चना, गहत आदिको सुपले शरीरमा पौष्टिकता र न्यानोपन दुवै प्रदान गर्छ ।
कतिपय मानिस सुप भन्नासाथ बजारमा पाइने प्याकेटमा बन्द सुप झन्ने सम्झन्छन् । यस्तै, सुप मीठो र तागतिलो हुन्छ भन्ने विचार गर्छन् । तर, त्यस्ता प्याकेटको सुपभन्दा घरमै विभिन्न अन्न, तरकारी, दाल आदिको मिश्रणबाट बनाइएको सुप सस्तो र बढी स्वस्थकर हुन्छ ।
अझ विशेषगरी बालबालिकालाई जाडोबाट जोगाउन विभिन्न किसिमका तरकारी खुवाउनै पर्छ । यस समयमा खाना सजिलोसँग पच्ने हुनाले भोक पनि बढी लाग्छ ।
त्यसैले बालबालिकालाई रोटी, आलु, अन्डा, चिउरा, चनाजस्ता खाजा बनाएर दिनुपर्छ । त्यस्तै, स्कुलमा टिफिनका रूपमा पनि यस्तै परिकार पठाइदिनुपर्छ । जाडोको वेलामा चाकु सक्खर आदिको प्रयोग पनि उपयुक्त हुन्छ ।
यस समयमा वृद्धवृद्धा र बालबालिकाको पोषणमा बढी ख्याल राख्नुपर्छ । किनभने, उनीहरूको रोगसँग लड्ने क्षमता कम हुन्छ । शीतलहर चल्ने तथा घाम नलाग्ने दिनमा त तातो लुगा लगाएर, तातो पदार्थ पिइरहनुपर्छ ।
यसो गर्दा शरीरले चिसोसँग लड्ने शक्ति पैदा गर्छ । यो वेलामा पोषणसँगै न्यानो लुगाको प्रयोग पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ । विशेषगरी तातो लुगा नलगाउने बालबालिकालाई चिसो लाग्ने र छातीको संक्रमण तथा निमोनिया हुने सम्भावना हुन्छ ।
जाडोमा अल्कोहल खाँदा तातो हुन्छ भन्ने ठानेर केही व्यक्तिले यस्ता पदार्थ बढी उपभोग गर्छन् । रक्सीले केही समय तातो दिएजस्तोे भ्रम मात्र हुन्छ । त्यसैले कहिलेकाहीँ रक्सी खाएर अत्यधिक जाडोमा घरबाहिर निस्कँदा चिसोले मृत्यु भएका घटना पनि सुनिन्छन् ।
कोदोको परिकार रोटी तथा सुप आदिको प्रयोग चिसोमा उपयुक्त हुन्छ । टुसा उमारेको दाल वा अन्न जस्तो– चना, गहु“, तिल, सानो केराउ आदिको प्रयोग गर्दा शरीरलाई चाहिने प्रोटिन प्राप्त हुन्छ ।
त्यस्तै, विभिन्न किसिमका भिटामिन तथा पौष्टिक तत्व पनि यस्ता अन्नबाट पाइन्छ । टुसा उम्रिन गर्मीको मौसममा भन्दा बढी समय चाँहि लाग्ने हुन्छ । सुदूरपश्चिममा जाडोको वेलामा गहतको प्रयोग बढी गरिन्छ । यो प्रोटिनको राम्रो स्रोत हो ।
यसलाई दाल, तरकारी जेसँग मिलाएर पकाए पनि हुन्छ । गहतलाई भुटेर पिसेर बालबालिकाले खाने तरकारी, दाल, आदिमा मिसाएर दिन राम्रो हुन्छ । गहत भुटेर पिसेको पिठोलाई पानीमा हालेर नुन र चुकसहित उमालेर खाने चलन पनि छ । यसलाई सुदूरपश्चिममा घुर्रे भनिन्छ । उमालेको घुर्रे भातसँग खाँदा मीठो हुन्छ, तातो पनि हुन्छ ।
जाडोमा तातो दूधमा मह र बेसार हालेर खाने पनि पुरानो चलन हो । महले शरीरमा ऊर्जा दिन्छ भने बेसारको प्रयोगले शरीरमा रोगसँग लड्ने शक्ति पैदा हुन्छ । यसले चिसो लागेको हटाउन पनि मद्दत गर्छ ।
त्यसैगरी चिसो लाग्दा उमालेको पानीमा अदुवा, मरिच र मह हालेर पिउ“दा पनि फाइदा गर्छ । अदुवा र मरिचको प्रयोगले रोगसँग लड्ने क्षमता वृद्धि गर्ने भएकाले अरू वेला पनि यसको प्रयोग उचित हुन्छ । जाडोमा घाम लागेको वेलामा बदाम र सुन्तला खानु राम्रो हुन्छ ।
बदाममा प्रोटिन र चिल्लो पाइन्छ भने सुन्तलाले भिटामिन ‘सी’ दिएर रोगसँग लड्ने शक्ति दिन्छ ।
त्यस्तै, जाडोको वेलामा मात्र होइन अन्य समयमा पनि रोगसँग लड्ने शक्ति कागतीबाट प्राप्त हुन्छ । चिया, दालमा कागती हालेर खा“दा स्वाद र स्वास्थ्य दुवै पाइन्छ । कागतीको बोक्रामा पनि विभिन्न किसिमको सूक्ष्म पोषक तत्व पाइन्छ । र, यसलाई पनि काटेर नुन हालेर अचारजस्तै खान सकिन्छ ।
यस वेलामा तिल, आलस वा तोरीको प्रयोग पनि उत्तम हुन्छ । यसमा रहेको सूक्ष्म पोषक तत्व जस्तो– क्याल्सियम, लोह तत्व, आदिले हड्डी मजबुत गराउँछ । कुपोषण भएका व्यक्तिको रोगसँग लड्ने क्षमता कम हुने हुनाले तिल, आलस आदिको प्रयोग उचित हुन्छ ।
यसको प्रयोग अचार बनाएर गर्न सकिन्छ । तिल तथा आलसलाई बेलुका भिजाई बिहान चपाएर पनि खान सकिन्छ । यसरी दिनदिनै खाने हो भने बालबालिकालाई यसले स्वस्थ राख्छ र जाडोमा चिसोबाट बचाउन पनि मद्दत गर्छ ।