काठमाडौं – लोकदोहोरी गीतमा फरकपन दिँदै दर्शक स्रोताको मन जित्न सफल मोडल तथा गितकार विमल अधिकारी र संगितकार रामु खड्काको अर्को आसालाग्दो गित बजारमा आएको छ ।
मर्ने मिती बोलको गीतले थुप्रै चर्चा बटुल्न सफल भएको यो टिमले बरु यसै दुखी छु बोलको गीत हिजो मात्रै बजारमा ल्याएको हो । जुन गीतमा शब्द विमल अधिकारीको छ भने संगीत रामु खड्काले दिनुभएको छ । खड्काले यो गीतमा फरक खालको संगीत प्रस्तुत गर्नुभएको छ ।
जुन दर्शक स्रोताले निकै रुचाएका छन् । भने पछिल्लो समय निकै रुचाइएको जोडी सारिका के.सी र विमल अधिकारीको अभिनय पनि एकदमै राम्रो छ । यस गीतको निर्देशन भने कपिल लामाले गर्नुभएको छ । भावना म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको यो गीतमा बिष्णु माझी र रञ्जित परियारले आवाज दिनुभएको छ ।
यसैबिच, फरक धारका गीत बजारमा ल्याउने क्रममा अब यो टिमले नै यही २१ गते हार्दिक श्रद्धाञ्जली र २८ गते कठैबरा, त्यस्तै माघ ५ गते रोगी बोलको गीत बजारमा ल्याउने तयारी गरेको छ ।