बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – अमेरिकाले उत्तर कोरियाका २ उच्च अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ । आणविक क्षेप्यास्त्रको विकासमा भूमिका खेलेको भन्दै उत्तर कोरियाले किम जोङ सिक र रि प्योङ चोलविरुद्ध अमेरिकाले प्रतिबन्ध लगाएको हो ।

उनीहरु दुवै जना उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका महत्वपूर्ण व्यक्ति भएको अमेरिकाको दाबी छ । योसँगै ती अधिकारीले अमेरिकासँग कुनै किसिमको कारोबार गर्न पाउने छैनन् भने अमेरिकामा रहेको उनीहरुको सम्पत्ति समेत रोक्का भएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि गत शुक्रबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो । त्यस लगत्तै उत्तर कोरियाले युद्ध निम्त्याउने कदमको संज्ञा दिएको थियो । अन्तर्राष्ट्रिय समुदायको चर्को बिरोधका बावजुद उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम जारी राखेको छ ।

तपाईको प्रतिक्रिया