बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – स्पेनको क्याटलोनियामा सम्पन्न क्षेत्रीय चुनावमा स्वतन्त्रता पक्षधर पार्टीले अधिकांश सिट जितेको छ । चुनावमा क्याटलान स्वतन्त्रता पक्षधर र क्याटलान क्षेत्र स्पेनकै अर्ध-स्वायत्त क्षेत्र रहनुपर्ने पक्षमा रहेका दलहरुबीच तीब्र प्रतिस्पर्धा भएको थियो ।

क्याटलोनिया स्वतन्त्रता पक्षधर दलले १ सय ३५ मध्ये ७० सिट जितेका छन् भने अर्ध-स्वायत्ततासहित स्पेनसँगै पक्षमा रहन चाहने सिटिजन पार्टीले भने ३५ सिट जितेको छ । मतपरिणाम आइरहँदा स्व-निर्वासनमा बेल्जियम पुगेका स्वतन्त्र क्याटलोनियाका पक्षधर नेता तथा विघटन गरिएको क्याटलान सरकारका प्रमुख कार्लस पुज्डेमोनले स्वतन्त्रता समर्थक पार्टी विजयी भएको दावी गर्नुभएको छ ।

मतपरिणामले स्पेनको केन्द्र सरकालाई ठूलो धक्का लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । गत अक्टोबरमा क्याटलोनियाको क्षेत्रीय सरकारले स्पेनबाट स्वतन्त्र हुने घोषणा गरेपछि चुलिएको तनावमाझ स्पेनी प्रधानमन्त्री मारिआनो राखोइले संसद र सरकार विघटन गरी विधिको शासन पुर्नस्थापनाका लागि भन्दै निर्वाचनको घोषणा गर्नुभएको थियो । –एजेन्सी

तपाईको प्रतिक्रिया