टोकियो–गाउँले जीवन दुखमा साहारा कसैको पनि पाएनन् र त परदेशिनु पर्यो मुक्ति सुवेदीलाई । परदेशमा कष्टकर जीवन कटाउनुको पीडा एकापट्टी छदै छ त्यसमाथि पनि घरपरिवारले कुरै नबुझी किन परदेशमा गएको हामीलाई छोडेर भन्दा ‘किन अझै भन्छौ सानु देशै छोड्यो पापीले, मलाइ त गरिबीले धकेलेको हो’ भन्दै सम्झाउन थाल्दछन् ।
औषत नेपाली युवाहरुको यथार्थलाई समेटेर तयार पारिएको दुखमा साहारा नपाएको हो बोलको लोकगीतमा जापानमा रहेर राम्रोसँग विदेशिनुको पिडालाई आत्मसात गर्नुभएका सुवेदीले गरिबीको पिडालाई यथार्थ अभिनयमार्फत दर्शाएका छन् ।
दुई छाक खान र एकसरो लगाउन नपाउदाँ, साहुको रिण तिर्न नसकेर सुन्दर घरपरिवार छोडेर परदेशमा रहदाँको अवस्थालाई लोकप्रिय गायक पुरुषोतम न्यौपानेको स्वरमा सजिएको सो एल्बममा सुवेदी र सारिका केसीको जिवन्त अभिनय रहेको छ ।
भरपुर संगीत प्रालीद्धारा बजारमा ल्याइएको सो एल्बममा लय शब्द शिव सुवेदीको रहेको छ ।भिडियाे सहित।।।।।
तपाईको प्रतिक्रिया