Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – विश्वका ठूला प्राविधिक कम्पनीहरुका लागि फेकन्यूज अर्थात् नक्कली समाचारहरु ठूलो समस्या बनिरहेका छन् । फेसबुकले पहिले नै आफ्नो वेबसाइटमा फेकन्यूज रोक्नका लागि विभिन्न गम्भीर कदमहरु उठाइसकेको छ र अब गुगलले पनि यस विषयमा सख्त रबैया अपनाएको छ ।

यद्यपि, सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले यस सन्दर्भमा आधिकारिक रुपमा केही बताएको छैन । तथापि, उसले समाचारको लागि विद्यमान मापदण्ड अपडेट गरेको छ ।

गुगलले आफ्नो न्यूज पोर्टल गुगल न्यूजमा फेक न्यूज रोक्नका लागि योजना बनाएको छ । यसको गाइडलाइन पेजमा एक नयाँ प्वाइन्ट जोडिएको छ, जसमा गुगलले न्यूज पोर्टलहरुलाई आफ्नो वास्तविक लोकेसन नलुकाउन आग्रह गरेको छ ।

यदि कुनै वेबसाइटले आफ्नो लोकेसन हटाएमा त्यसलाई गुगल न्यूजमा देखाइने छैन । यसअघि गत अप्रिलमा गुगलले आफ्नो सर्च इन्जिनमा फेकन्यूज रोक्नका लागि पहिलो टूल ल्याएको थियो ।

उक्त टूलमार्फत गुगल प्रयोगकर्ताले अटो कम्प्लिट फंक्सनको माध्यमबाट गलत तथ्यमा आधारित तथा घृणा फैलाउने खालका समाचार सामग्रीहरुको बारेमा गुगलमा उजुरी गर्न सक्दछन् । यसबाट गुगललाई गलत सूचना दिने सामाग्रीलाई रोक्ने तथा सही तथ्ययुक्त आलेखहरु पाठकसम्म पुर्याउनमा निकै सहयोग मिल्नेछ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया